शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बलात्कार आरोपमा २ जना पक्राउ

मङ्गलबार, १६ फागुन २०७९, १४ : ३४
मङ्गलबार, १६ फागुन २०७९

भक्तपुर । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा दोलखा मेलुङ गाउँपालिका-५ घर भई भक्तपुर मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थली बस्ने २३ वर्षीय जय थापा भन्ने श्री थापालाई प्रहरीले पक्राउ गरेको   छ । 

ती किशोरीलाई थापाले आफ्नै कोठामा फागुन ७ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई मध्यपुर ठिमी नगरपालिका-६ पुरानो ठिमीबाट पक्राउ गरेको हो । 

उता भोजपुरमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा षडानन्द नगरपालिका-७ भदौरे बस्ने  २६ वर्षीय हरि कुमार भन्ने हरि श्रेष्ठलाई  प्रहरीले पक्राउ गरेको छ । 

सोही नगरपालिका-६ मठेटारस्थित कच्ची बाटो नजिक श्रेष्ठले ती किशोरीलाई शनिबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दिङलाभोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप