आबुखैरेनीबाट सम्पर्कविहीन भएका युवकको शव फेला
काठमाडौँ । तनहुँको आबुखैरेनीबाट सम्पर्कविहीन भएका युवक मृत भेटिएका छन् । आबुखैरेनी गाउँपालिका–३ घर भएका ३६ वर्षीय मदन घिमिरे मर्स्याङ्दी नदीमा मृत अवस्थामा भेटिएका हुन् ।
घिमिरे फागुन १२ बाट सम्पर्क विहीन भएको र खोजतलास गर्दा मस्र्याङ्दीमा मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय आबुखैरेनीका इन्स्पेक्टर गायत्रीराज शर्माले जानकारी दिए ।
मंगलबार सशस्त्र प्रहरीको गोताखोरले उनको शव निकालेको छ । मृतकको स्कुटर आबुखैरेनी गाउँपालिका डम्पिङस्थित मस्र्याङ्दीको किनारमा भेटिएको थियो । प्रहरीले उनको खोजतलासका लागी तालिमप्राप्त ट्रयाकर डग पनि परिचालन गरेको थियो ।
सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालयबाट खटिएको गोताखोर टोलीले पानीबाट शव निकालेर पोष्टमार्टमका लागी स्थानीय प्रहरीलाई जिम्मा लगाएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता (डिएसपी) शैलेन्द्र थापाले रातोपाटीलाई बताए । डिएसपी थापाका अनुसार झोलुंगे पुल मुनि शव भेटिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण