शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकाले सरकारी कर्मचारीको फोनबाट टिकटक हटाएपछि चीनले के भन्यो ?

मङ्गलबार, १६ फागुन २०७९, १६ : ५१
मङ्गलबार, १६ फागुन २०७९

भिडियो एप टिकटकको मामिलामा आवश्यकताभन्दा बढी प्रतिक्रिया दिएको भन्दै चीनले अमेरिकामाथि आरोप लगाएको छ । 

अमेरिकामा सरकारी कर्मचारीलाई सरकारको तर्फबाट दिएको फोनबाट टिकटक भिडियो एप हटाउन भनेको थियो । त्यसपछि चीनको यो प्रतिक्रिया सार्वजनिक भएको छ ।

chinaसोमबार, ह्वाइट हाउसले सरकारी एजेन्सीहरूलाई दिएको फोनबाट टिकटक एप ३० दिनभित्र हटाउन भनेको छ । यसअघि युरोपियन युनियन र क्यानडामा सरकारी कर्मचारीलाई दिइने फोनबाट टिकटक हटाउन आदेश दिइएको थियो ।

अमेरिकी सरकारले टिकटकलाई कर्मचारीको फोनबाट हटाउन आदेश जारी गरेपछि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकाले विदेशी कम्पनीहरूलाई दबाउन सरकारी शक्ति प्रयोग गरिरहेको बताए ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले पत्रकारहरूलाई भने, ‘अमेरिकी सरकारले बजार अर्थतन्त्रको सिद्धान्त र प्रतिस्पर्धाका नियमहरूलाई सम्मान गर्नुपर्छ । अमेरिकाले विदेशी कम्पनीहरूलाई दमन गर्न बन्द गर्नुपर्छ र उनीहरूका लागि खुला र गैर–भेदभावपूर्ण वातावरण उपलब्ध गराउनुपर्छ ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप