अमेरिकाले सरकारी कर्मचारीको फोनबाट टिकटक हटाएपछि चीनले के भन्यो ?
भिडियो एप टिकटकको मामिलामा आवश्यकताभन्दा बढी प्रतिक्रिया दिएको भन्दै चीनले अमेरिकामाथि आरोप लगाएको छ ।
अमेरिकामा सरकारी कर्मचारीलाई सरकारको तर्फबाट दिएको फोनबाट टिकटक भिडियो एप हटाउन भनेको थियो । त्यसपछि चीनको यो प्रतिक्रिया सार्वजनिक भएको छ ।
सोमबार, ह्वाइट हाउसले सरकारी एजेन्सीहरूलाई दिएको फोनबाट टिकटक एप ३० दिनभित्र हटाउन भनेको छ । यसअघि युरोपियन युनियन र क्यानडामा सरकारी कर्मचारीलाई दिइने फोनबाट टिकटक हटाउन आदेश दिइएको थियो ।
अमेरिकी सरकारले टिकटकलाई कर्मचारीको फोनबाट हटाउन आदेश जारी गरेपछि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकाले विदेशी कम्पनीहरूलाई दबाउन सरकारी शक्ति प्रयोग गरिरहेको बताए ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले पत्रकारहरूलाई भने, ‘अमेरिकी सरकारले बजार अर्थतन्त्रको सिद्धान्त र प्रतिस्पर्धाका नियमहरूलाई सम्मान गर्नुपर्छ । अमेरिकाले विदेशी कम्पनीहरूलाई दमन गर्न बन्द गर्नुपर्छ र उनीहरूका लागि खुला र गैर–भेदभावपूर्ण वातावरण उपलब्ध गराउनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण