शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

४ जना मृत अवस्थामा फेला

बुधबार, १७ फागुन २०७९, १३ : ५५
बुधबार, १७ फागुन २०७९

काठमाडौं । विभिन्न स्थानमा ४ जना मृताअवस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार ललितपुर महानगरपालिका-२३ धापाखेलस्थित  सिभिल अपार्टमेन्टमा बस्ने पर्सा घर भएका ६५ वर्षीय अमर बहादुर श्रेष्ठ सोही अपार्टमेन्टमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी महोत्तरीको मटिहानी नगरपालिका-६ पर्सापतैलीस्थित आँपको बगैंचामा सोही नगरपालिका-७ भंसार टोल बस्ने ५५ वर्षीय सुरेश साह केशरा मंगलबार मृत अवस्थामा फेला परेका छन्।
यसैगरी दोलखाको कालिन्चोक गाउँपालिका-२ डम्फास्थित बाटोमा सोही ठाउँ बस्ने ३२ वर्षीया सुनिता थामी मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । गत सोमबार घरबाट घाँस काट्न जान्छु भनी हिडेकी उनी नफर्किएपछि खोजी गर्ने क्रममा उक्त ठाउँमा उनको शव फेला परेको हो । 

यसैगरी बर्दियाको ठाकुरबाबा नगरपालिका-३ नेउलापुरस्थित पेटीमा पनि सोही नगरपालिका-५ गोबिन्दपुर बस्ने ४० वर्षीया सन्चुरिया थारु मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।      सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप