४ जना मृत अवस्थामा फेला
काठमाडौं । विभिन्न स्थानमा ४ जना मृताअवस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार ललितपुर महानगरपालिका-२३ धापाखेलस्थित सिभिल अपार्टमेन्टमा बस्ने पर्सा घर भएका ६५ वर्षीय अमर बहादुर श्रेष्ठ सोही अपार्टमेन्टमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी महोत्तरीको मटिहानी नगरपालिका-६ पर्सापतैलीस्थित आँपको बगैंचामा सोही नगरपालिका-७ भंसार टोल बस्ने ५५ वर्षीय सुरेश साह केशरा मंगलबार मृत अवस्थामा फेला परेका छन्।
यसैगरी दोलखाको कालिन्चोक गाउँपालिका-२ डम्फास्थित बाटोमा सोही ठाउँ बस्ने ३२ वर्षीया सुनिता थामी मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । गत सोमबार घरबाट घाँस काट्न जान्छु भनी हिडेकी उनी नफर्किएपछि खोजी गर्ने क्रममा उक्त ठाउँमा उनको शव फेला परेको हो ।
यसैगरी बर्दियाको ठाकुरबाबा नगरपालिका-३ नेउलापुरस्थित पेटीमा पनि सोही नगरपालिका-५ गोबिन्दपुर बस्ने ४० वर्षीया सन्चुरिया थारु मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण