सेनाका कर्णेल र लेप्टिनेन्ट कर्णेललाई बयानका लागि बोलाइयो
काठमाडौँ । सैनिक अदालतले कर्णेल महेन्द्रजंग शाह र लेफ्टिनेन्ट कर्णेल कुलदीप तिमिल्सिनालाई बयानको लागि बोलाएको छ । आर्थिक अनियमितताको आरोपमा सैनिक हिरासतमा रहेका उपरथी प्रेम शाहीलाई सघाएको आरोपमा उनीहरूलाई बयानमा बोलाइएको हो ।
सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले शाह र तिमिल्सिनालाई सोधपुछ गर्न बोलाइएको जानकारी रातोपाटीलाई दिए । उनीहरुमाथि सैनिक अनुशासन उल्लंघनको आरोप रहेको प्रवक्ता भण्डारीले बताए ।
उपरथी शाहीविरुद्ध छानबिन गर्न सैनिक मुख्यालयले उपरथी बाबुराम श्रेष्ठको नेतृत्वमा समिति बनाएको थियो ।
समितिले बुझाएको प्रतिवेदनअनुसार सैनिक अदालतको प्रक्रियाअनुसार कर्णेल शाह र लेफ्टिनेन्ट कर्णेल तिमिल्सिनालाई नियन्त्रणमा लिइएको जानकारी प्रवक्ता भण्डारीले दिए । ‘उहाँहरुलाई सैनिक अनुशासन उल्लंघनको आरोपमा सोधपुछका लागि बोलाइएको हो, ’ प्रवक्ता भण्डारीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण