भारतबाट आयात हुने विषादी तरकारी सीमामै रोक्ने अनेरास्ववियुको चेतावनी
काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले भारतबाट आउने विषादी परीक्षण नगरी आउने तरकारी सीमामै रोक्ने चेतावनी दिएको छ ।
सरकारले भारतबाट आयात हुने तरकारीमा विषादी परीक्षण नगर्ने निर्णय गरेको भन्दै अनेरास्ववियुले विरोध जनाएको छ । सरकारको उक्त निर्णयको विरोधमा अनेरास्ववियुले प्रदर्शन समेत गरेको छ । प्रदर्शनको क्रममा अध्यक्ष समिक बडालले अनेरास्ववियुले विषादी परीक्षण नगरी नेपाल भित्र्याइने तरकारी सीमा नाकामै रोक्ने बताए ।
हाम्रो भान्सामा विषादी पु¥याउन खोज्नु वर्तमान सरकारको नालायकीपन भएको बताए । काठमाडौँमा आयोजित विरोध प्रदर्शनमा बोल्दै अध्यक्ष बडालले यसका विरुद्धमा सबै एकजुट भएर लाग्नुपर्ने बताए ।
विषादीयुक्त तरकारी विना परीक्षण आयात गर्दा जनताको स्वास्थ्यमा प्रतिकुल असर पर्ने र उक्त तरकारीमा जीवनाशक विषादीको अवशेष भेटिने विषय जानकारी हुँदाहुँदै भारतीय व्यापारी रिझाउन परीक्षण रोक्नु दुःखद रहेको उनको भनाई छ ।
कठपुतली सरकारको भण्डाफोर गर्नुपर्ने उनको उनको भनाई छ । नेपाली कृषकको उत्पादनले बजार नपाएर सडकमा नै फाल्दा सरकार रमिते भएर बसेको बताए ।
सरकारको यस किसिमको रवैयाप्रति अनेरास्ववियुले सबै किसानहरुलाई आन्दोलनमा उत्रिन समेत आह्वान गरेको छ । अनेरास्ववियुले भोलि प्रत्येक क्याम्पस अगाडि प्रदर्शन गर्ने भएको छ ।
यसअघि केपी ओली नेतृत्वको सरकारले २०७६ साल असार २ गते भन्सार विन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादी अवशेष परीक्षण सुरु गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
-
तराई–मधेसका युवाहरूले सुरु गरे ‘हुँकार मधेस’ अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण