आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

भारतबाट आयात हुने विषादी तरकारी सीमामै रोक्ने अनेरास्ववियुको चेतावनी

बुधबार, १७ फागुन २०७९, २० : ००
बुधबार, १७ फागुन २०७९

काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले भारतबाट आउने विषादी परीक्षण नगरी आउने तरकारी सीमामै रोक्ने चेतावनी दिएको छ । 

सरकारले भारतबाट आयात हुने तरकारीमा विषादी परीक्षण नगर्ने निर्णय गरेको भन्दै अनेरास्ववियुले विरोध जनाएको छ । सरकारको उक्त निर्णयको विरोधमा अनेरास्ववियुले प्रदर्शन समेत गरेको छ । प्रदर्शनको क्रममा अध्यक्ष समिक बडालले अनेरास्ववियुले विषादी परीक्षण नगरी नेपाल भित्र्याइने तरकारी सीमा नाकामै रोक्ने बताए ।  

हाम्रो भान्सामा विषादी पु¥याउन खोज्नु वर्तमान सरकारको नालायकीपन भएको बताए । काठमाडौँमा आयोजित विरोध प्रदर्शनमा बोल्दै अध्यक्ष बडालले यसका विरुद्धमा सबै एकजुट भएर लाग्नुपर्ने बताए । 

विषादीयुक्त तरकारी विना परीक्षण आयात गर्दा जनताको स्वास्थ्यमा प्रतिकुल असर पर्ने र उक्त तरकारीमा जीवनाशक विषादीको अवशेष भेटिने विषय जानकारी हुँदाहुँदै भारतीय व्यापारी रिझाउन परीक्षण रोक्नु दुःखद रहेको उनको भनाई छ । 

कठपुतली सरकारको भण्डाफोर गर्नुपर्ने उनको उनको भनाई छ । नेपाली कृषकको उत्पादनले बजार नपाएर सडकमा नै फाल्दा सरकार रमिते भएर बसेको बताए । 

सरकारको यस किसिमको रवैयाप्रति अनेरास्ववियुले सबै किसानहरुलाई आन्दोलनमा उत्रिन समेत आह्वान गरेको छ । अनेरास्ववियुले भोलि प्रत्येक क्याम्पस अगाडि प्रदर्शन गर्ने भएको छ । 

यसअघि केपी ओली नेतृत्वको सरकारले २०७६ साल असार २ गते भन्सार विन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादी अवशेष परीक्षण सुरु गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप