आर्सनल र लिभरपुलको सहज जीत
बिहीबार, १८ फागुन २०७९, ०७ : २२
लण्डन । एभर्टनमाथि गोल वर्षा गर्दै आर्सनलले प्रिमियर लिगको शीर्ष स्थानमा पाँच अंकको अग्रता बनाएको छ । बुधबार राति आर्सनलले एभर्टनलाई ४–० गोलले हरायो ।
आर्सनलको जीतमा ग्याब्रिएल मार्टिनेलीले दुई तथा बुकायो साका र मार्टिन ओडेगार्डले एक–एक गोल गरे । जीतसँगै २५ खेलबाट आर्सनलको ६० अंक रहेको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ५५ अंक रहेको छ । एभर्टन भने २१ अंकसहित लिगको रेलिगेसन क्षेत्रमा रहेको छ ।

उता लिभरपुलले वुल्भरह्याम्पटन वाडरर्सलाई २–० गोलले हरायो । लिभरपुलले दुवै गोल खेलको दोस्रो हाफमा गरेको थियो ।
७३ औँ मिनेटमा भर्जिल भान डाइकले टोलीलाई अग्रता दिलाए भने ७७ औँ मिनेटमा मोहमद सलाहले टोलीको अग्रता दोब्बर बनाए । यसअघि डार्विन नुनेजको गोललाई भीएआरले रद्द गरेको थियो । २४ खेलबाट ३९ अंक बटुल्दै लिभरपुल लिगको छैटौँ स्थानमा उक्लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण