बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आर्सनल र लिभरपुलको सहज जीत

बिहीबार, १८ फागुन २०७९, ०७ : २२
बिहीबार, १८ फागुन २०७९

लण्डन । एभर्टनमाथि गोल वर्षा गर्दै आर्सनलले प्रिमियर लिगको शीर्ष स्थानमा पाँच अंकको अग्रता बनाएको छ । बुधबार राति आर्सनलले एभर्टनलाई ४–० गोलले हरायो ।

आर्सनलको जीतमा ग्याब्रिएल मार्टिनेलीले दुई तथा बुकायो साका र मार्टिन ओडेगार्डले एक–एक गोल गरे । जीतसँगै २५ खेलबाट आर्सनलको ६० अंक रहेको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ५५ अंक रहेको छ । एभर्टन भने २१ अंकसहित लिगको रेलिगेसन क्षेत्रमा रहेको छ ।

_128822708_gettyimages-1470578768

उता लिभरपुलले वुल्भरह्याम्पटन वाडरर्सलाई २–० गोलले हरायो । लिभरपुलले दुवै गोल खेलको दोस्रो हाफमा गरेको थियो । 

७३ औँ मिनेटमा भर्जिल भान डाइकले टोलीलाई अग्रता दिलाए भने ७७ औँ मिनेटमा मोहमद सलाहले टोलीको अग्रता दोब्बर बनाए । यसअघि डार्विन नुनेजको गोललाई भीएआरले रद्द गरेको थियो । २४ खेलबाट ३९ अंक बटुल्दै लिभरपुल लिगको छैटौँ स्थानमा उक्लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप