भेरी–बबई ‘डाइभर्सन’को भौतिक प्रगति : आठ वर्षमा ५९ प्रतिशत
सुर्खेत । निर्माण सुरु भएको आठ वर्ष बित्दा राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ५९ प्रतिशत भौतिक प्रगति भएको छ। वित्तीय प्रगति ४३ प्रतिशत भएको आयोजनाले बताएको छ। टनेल बोरिङ मेसिन प्रविधिको नेपालमा पहिलोपटक सुरु गरी निर्माण कार्य सुरु भएको आयोजनाले लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लाका करिब ५१ हजार हेक्टर कृषियोग्य जमिनमा बाह्रै महिना सिँचाइ गराउनुका साथै ४६ मेगावाट विद्युत उत्पादन गर्ने योजना छ।
चिनिया कम्पनी चाइना इन्जिनियरिङ ओभरसिज प्रालिले १२ किलोमिटर लामो सुरुङ १० अर्ब ५६ करोड लागतमा निर्माण गरिसकेको छ। तोकिएको समय भन्दा एक वर्ष अगावै टनेल बोरिङ मेसिनको सहायताले सुरुङ निर्माण भइसकेको हो।
चिनिया कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण जेभी र आयोजनाबीच आर्थिक वर्ष २०७९/०८० मा काम सम्पन्न गर्नेगरी ११ अर्ब ५२ करोड ६१ लखमा २०७६ साउनमा ठेक्का सम्झौता भएर पावरहाउस तथा सर्ज साफ्ट, हाइड्रो मेकानिकल, इलेक्ट्रो मेकानिकल अन्तर्गतका काम चलिरहेको छ। बाँध र विद्युत् उत्पादन गृह निर्माणका काम सञ्चालनमा छन्।
सबै चालु आर्थिक वर्षको असार मसान्तसम्म सक्नु पर्ने कार्यादेश भएको भए पनि यी काम सम्पन्न गर्न थप दुई वर्ष लाग्ने अनुमान छ। आयोजनाको कुल लागत ३६ अर्ब ८० करोड ७७ लाखमध्ये हालसम्म १५ अर्ब ६८ करोड ९६ लाख रुपैयाँ खर्च भएको आयोजनाले बताएको छ।
सन् १९९८ मा जापानको अन्तर्राष्ट्रिय सहयोग संस्था जाइकाले भेरी बबईको वातावरणीय प्रभाव मूल्यांकन गरी भेरी नदीको पानी बबईमा खसाली जलविद्युत तथा सिँचाइको प्रचुर सम्भावना रहेको प्रतिवेदन नेपाल सरकारलाई बुझाएको थियो।
सुर्खेतको भेरीगंगा नगरपालिका ११ चिप्लेमा भेरीको पानी बबईमा खसाल्न ६ गेजसहितको ब्यारेज निर्माण गर्न हुँदै छ । व्यारेज ११४ मिटर लामो र १४ मिटर अग्लो रहने बताएको छ। १२ किलोमिटर सुरुङमार्फत भेरीगंगा नगरपालिका ५ हात्तीखालमा भेरीको पानी बबई नदीमा मिसाइने छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विकासको अन्तिम मापन नागरिकको जीवनस्तरमा आउने सुधारले मात्र हुन्छ’
-
शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल
-
सीपीसी र रास्वपाको विचारधारा फरक भए पनि मूल लक्ष्य जनहित र राष्ट्रिय प्रगति नै हो : महामन्त्री आचार्य
-
‘नेपाललाई भू-जडित मुलुक बनाउन बीआरआई आयोजनालाई तीव्र पार्नुपर्छ’
-
विकास बाहिरबाट आयात गर्ने विषय होइन, नेपालको आफ्नै मोडल चाहिन्छ : शाही
-
मुक्तिनाथबाट फर्किने भारतीय पर्यटकले बागलुङमा चहलपहल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण