बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बिपीडब्लु लघुवित्तको आईपीओ आजदेखि बिक्री खुला

बिहीबार, १८ फागुन २०७९, १३ : ५३
बिहीबार, १८ फागुन २०७९

काठमाडौँ । बिपीडब्लु लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणका लाग ८० हजार ९५० कित्ता आईपीओ बिक्री खुलाएको हो ।

यसअघि, वैदेशिक रोजगारीमा गएका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीलाई आईपीओ बिक्री भइसकेको छ । कम्पनीले यसअघि नै कर्मचारीका लागि १ हजार ५०० कित्ता, वैदेशिक रोजगारीमा गएकाहरूका लागि ९ हजार ७०० कित्ता र सामूहिक लगानी कोषलाई ४ हजार ८५० कित्ता सेयर बाँडफाँड गरिसकेको छ ।

कम्पनीले जारी पुँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतका दरले हुन आउने ९७ हजार कित्ता सेयर बिक्री गर्ने योजना बनाएको थियो । यसअन्तर्गत वैदेशिक रोजगारीमा गएका, कर्मचारी र सामूहिक लगानी कोषलाई बिक्री गरेर बाँकी रहेको सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आईपीओमा सर्वसाधारणले फागुन २३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप