बिपीडब्लु लघुवित्तको आईपीओ आजदेखि बिक्री खुला
काठमाडौँ । बिपीडब्लु लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणका लाग ८० हजार ९५० कित्ता आईपीओ बिक्री खुलाएको हो ।
यसअघि, वैदेशिक रोजगारीमा गएका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीलाई आईपीओ बिक्री भइसकेको छ । कम्पनीले यसअघि नै कर्मचारीका लागि १ हजार ५०० कित्ता, वैदेशिक रोजगारीमा गएकाहरूका लागि ९ हजार ७०० कित्ता र सामूहिक लगानी कोषलाई ४ हजार ८५० कित्ता सेयर बाँडफाँड गरिसकेको छ ।
कम्पनीले जारी पुँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतका दरले हुन आउने ९७ हजार कित्ता सेयर बिक्री गर्ने योजना बनाएको थियो । यसअन्तर्गत वैदेशिक रोजगारीमा गएका, कर्मचारी र सामूहिक लगानी कोषलाई बिक्री गरेर बाँकी रहेको सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
आईपीओमा सर्वसाधारणले फागुन २३ गतेसम्म आवेदन दिन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण