नेप्सेमा २६ अंकको गिरावट, १ अर्ब ३३ करोडको कारोबार
बिहीबार, १८ फागुन २०७९, १५ : १२

काठमाडौँ । लगातार ओरालो यात्रामा रहेको सेयर बजार परिसूचक नेप्सेमा बिहीबार थप २६ अंकको गिरावट भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक २६.४८ ले घट्दै १९ सय ६९.०१ अंकको विन्दुमा झरेको हो ।
यस्तै सेन्सेटिभ इन्डेक्स समेत आज ४.८१ अंकले घट्दै ३७३.५६ अंकमा झरेको छ ।
उसो कारोबार रकम समेत घटेर आज १ अर्ब ३३ करोड ६३ लाख रुपैयाँ बराबरको ३६ लाख ५७ हजार १५४ कित्ता सेयर कारोबार भएको छ ।
साताको अन्तिम कारोबार दिन समेत रहेको आज १३ वटा उपसूचक नै ऋणात्मक हुँदै बजार राताम्मे हुन पुगेको छ । बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य ४.२९ प्रतिशतले वृद्धि भएको छ भने ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा ७ प्रतिशतले गिरावट आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपाधि छिनोफानोको मुखैमा नराम्ररी हार्यो एटलेटिको मड्रिड
-
सरकारले सगरमाथा दिवस साताव्यापी कार्यक्रम गरेर भव्य रूपमा मनाउने
-
मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा