नेप्सेमा २६ अंकको गिरावट, १ अर्ब ३३ करोडको कारोबार
बिहीबार, १८ फागुन २०७९, १५ : १२
काठमाडौँ । लगातार ओरालो यात्रामा रहेको सेयर बजार परिसूचक नेप्सेमा बिहीबार थप २६ अंकको गिरावट भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक २६.४८ ले घट्दै १९ सय ६९.०१ अंकको विन्दुमा झरेको हो ।
यस्तै सेन्सेटिभ इन्डेक्स समेत आज ४.८१ अंकले घट्दै ३७३.५६ अंकमा झरेको छ ।
उसो कारोबार रकम समेत घटेर आज १ अर्ब ३३ करोड ६३ लाख रुपैयाँ बराबरको ३६ लाख ५७ हजार १५४ कित्ता सेयर कारोबार भएको छ ।
साताको अन्तिम कारोबार दिन समेत रहेको आज १३ वटा उपसूचक नै ऋणात्मक हुँदै बजार राताम्मे हुन पुगेको छ । बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य ४.२९ प्रतिशतले वृद्धि भएको छ भने ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा ७ प्रतिशतले गिरावट आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण