एमालेको ‘मिसन ग्रासरुट’ : तातोपानीबाट सदस्यता नवीकरण र विस्तार सुरु
जुम्ला । नेकपा (एमाले) को मिसन ग्रासरुट अन्तर्गत जुम्लाको तातोपानी गाउँपालिका–५, लाम्राबाट सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण अभियान सुरु भएको छ ।
बिहीबार केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पार्टी सदस्यता वितरण गरी अभियानको आरम्भ गरेका हुन् ।
अभियानको सुरुवात गर्दै केन्द्रीय सदस्य रिजालले जनताले विश्वास गर्ने र भरोषाको पार्टी एमाले भएकाले आफ्नो पार्टी चुनाव नपर्खी जनताको घरदैलोमा आएको बताए ।
‘कांग्रेस–माओवादीले हाम्रा लागि फिल्ड खाली गरिदिएका छन् । हामी अब लगातार जनताका बीचमा रहन्छौं, जनताको आवाज उठाउँछौं र आगामी निर्वाचनबाट बहुमत ल्याउँछौं’, रिजालको भनाइ छ ।
एमालेले बहुमत नल्याएसम्म मुलुकको विकास असम्भव रहेकाले अहिलेदेखि नै जनताको विश्वास जित्ने गरी काम गर्न कार्यकर्तालाई रिजालको आग्रह छ ।
त्यसक्रममा पार्टी सदस्यहरुले सदस्यता नवीकरण गर्नुका साथै नयाँ सदस्यताका लागि केहीले आवेदन भरेका छन् ।
कार्यक्रममा एमाले जुम्लाका अध्यक्ष शान्तिलाल महत, उपाध्यक्ष सुरत शाहीलगायत सहभागी कार्यक्रममा विष्णुमाया डॉगीको अध्यक्षतामा १५ सदस्यीय अमेमसंघ वडा कमिटी गठन गरिएको छ । एमालेले केन्द्रीय प्रतिनिधि रिजालको उपस्थितिमा चन्दननाथ र तातोपानीमा वडा केन्द्रित अभियान सुरु गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाषा र संस्कृति संरक्षणमा जुट्दै तनहुँका गुरुङ समुदाय
-
कीर्तिपुरका सुकुमबासी खरिपाटीमाः गाँसको टुंगो छैन, बालबालिकाको बिजोग
-
मुन्द्रा लुट्ने एक जना पक्राउ
-
क्युबामा देशव्यापी बिजुली कटौतीपछि आइतबारदेखि विद्युत आपूर्ति पुनर्स्थापना
-
सुस्तामा घरदैलोमार्फत नागरिकता विवरण सङ्कलन सुरु
-
बङ्गलादेशमा मनसुनी बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण