सरकार ढल्ने आशंकाबीच गण्डकी प्रदेशको चालु अधिवेशन अन्त्य

पोखरा । गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले चालु अधिवेशन अन्त्य भएको सूचना प्रकाशन गरेका हुन् ।
सूचनामा भनिएको छ, ‘प्रदेश सरकार गण्डकी प्रदेश, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट प्रदेश सभाको चालु अधिवेशन ०७९ फागुन १८ गते बिहीबार राति १२ बजेटबाट अन्त्य भएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।’
बुधबार प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो । प्रदेश प्रमुख पृथ्वीमान गुरुङको सम्बोधनपछि सभा स्थगित गरिएको थियो ।
सभामुख कृष्ण धितालले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरेपनि सरकारको सिफारिसमा बिहीबार चालु अधिवेशन अन्त्य भएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले निकालेको सूचनामा छ ।
केन्द्रमा फेरिएको राजनीतिक समीकरणसँगै प्रदेश सरकार समेत ढल्ने आशंका भइरहेका बेला चालु अधिवेशन अन्त्य गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा २ जना कोभिड संक्रमितको मृत्यु
-
लैङ्गिक हिंसा सम्बन्धी सचेतना अभिवृद्धिका लागि युएनएफपीए र मनकामना दर्शन प्रालिबिच सहकार्य
-
जातीय विभेदमुक्त विश्वका लागि ग्लोबल सम्मेलनको तयारी पूरा
-
आरके शर्माको संयोजकत्वमा एनआरएनए न्यायिक समिति गठन
-
सिद्धि विक्रम शाहलाई एआईजीमा बढुवा गर्न सिफारिस
-
खुट्टा धुने क्रममा चिप्लिएर एक युवक नारायणी नदीमा बेपत्ता