सुदूरपश्चिमका बैंकमा ‘नो डिपोजिट’ पोस्टरसहित ताला
धनगढी । सुदूरपश्चिममा आन्दोलित व्यापारीहरूले यहाँस्थित बैंकका शाखाहरुमा नो डिपोजिट लेखिएको पोष्टर टाँस्दै तालाबन्दी गरेका छन् ।
बैंकहरुले मनलाग्दी गरेको ब्याजदर वृद्धिको विरोधमा आन्दोलनरत व्यापारीहरूले बिहीबार नो डिपोजिट पोष्टर टाँसेका हुन् । बैंक कार्यालयहरू बन्द गराइएपछि पैसा भुक्तानी, जम्मा, ब्याज बुझाउनेलगायतका कार्यहरु प्रभावित भएका छन् ।
उद्योगी व्यवसायीहरुले व्यवसायीमाथिको आतङ्क बन्द गर, बैङ्कको ब्याजदरमा एकरूपता कायम गर, व्यवसायीमाथिको व्यापार बन्द गरलगायतका नाराहरू लगाउँदै आन्दोलनका कार्यक्रम अघि बढाएका छन् ।
कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष पुष्कर ओझाले व्यवसायीहरू मर्कामा परेर आन्दोलित भएपनि राष्ट्र बैंक ब्याजदर घटाउनतर्फ कुनै चासो नलिएको दुखेसो सुनाए ।
ब्याजदर वृद्धिको विरोधमा प्रदेशका नौ वटै जिल्लामा उद्योगी व्यवसायीहरुले आन्दोलन चर्काएका हुन् । आफूहरूको माग सुनुवाइ नभए चैतदेखि आन्दोलनलाई थप सशक्त पारिने बताइएको छ ।
कैलाली उद्योग वाणिज्य संघले फागुन ५ गतेदेखि बैंकको ब्याजदरविरुद्ध आन्दोलन थालेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण