एभिनियर क्यामरुन बुढासुब्बा गोल्डकपको फाइनलमा
धरान । क्यामरुनको एभिनियर फुटबल क्लब बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज धरान रंगशालमा भएको खेलमा एन्फा मोरङलाई २–० गोल अन्तरले पराजित गर्दै एभिनियर फाइनलमा प्रवेश गरेको हो ।
एभिनियरका लागि टिम्बाले एक गोल गरे भने मोरङले एक गोल आत्मघाती गर्यो । एभिनियर एफसीका प्रशिक्षक अशोक थापा मगरले टिमले राम्रो खेलेको बताए । उनले फाइनलमा उपाधि जित्ने गरी तयारी गर्ने र उपाधि जित्ने दाबी समेत गरे । मोरङका प्रशिक्षक रानु राना मगरले युवा खेलाडी विदेशी टिमसँग राम्रै खेलेको बताए ।
खेलको म्यान अफ द म्याच क्यामरुनका जर्सी नं. १८ का डिन घोषित भए । उनलाई नगद १० हजार पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिताको फाइनल खेल यही फागुन २० गते धरान रंगशालामा हुनेछ । एभिनियरले काँकडभिट्टा ट्रेनिङ सेन्टरसँग शनिबार फाइनल खेल्नेछ ।
प्रतियोगिताको विजेतालाई नगद १० लाख, उपविजेतालाई नगद ५ लाख र उत्कृष्ट खेलाडीलाई नगद १ लाख पुरस्कार प्रदान गर्ने आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले जानकारी दिएको छ । प्रतियोगितालाई गोर्खा ब्रुअरी प्रालिको उत्पादन टुबोर्ग बियरले मुख्य प्रायोजन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण