शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

फ्राइडे रिलिज : छक्का पञ्जा–४ र छडके–२ आजबाट प्रदर्शनमा

शुक्रबार, १९ फागुन २०७९, ०७ : ०८
शुक्रबार, १९ फागुन २०७९

काठमाडौँ । बहुप्रतिक्षित फिल्म छक्का पञ्जा–४ र छडके–२ आजबाट प्रदर्शनमा आउने भएका छन् ।

 दीपकराज गिरी र दीपाश्री निरौलाको छक्का पञ्जा र अनमोल केसी अभिनित छडके–२ आजबाट प्रदर्शनमा आउन लागेको हो । दुबै सिक्ववेल मुभी हुन् ।  

हेमराज विसीले निर्देशन गरेको छक्का पञ्जा–४ मा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्य, सुष्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ । फिल्मको कथा दीपकराज गिरीले तयार पारेका हुन् । नरेन्द्र मैनालीले छायांकन गरेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।

दिपेन्द्र खनिया र केशव न्यौपाने निर्माता रहेको फिल्मका कार्यकारी निर्माता केदारप्रसाद घिमिरे र निर्मल शर्मा छन् । आमा सरस्वती मुभिज र आइएमीको प्रस्तुति रहेको छ ।

उता, निर्भान फिल्म स्कुलको छडके–२ को  मुख्य कलाकारमा अनमोल केसी छन् । चकलेटी हिरोको छवी बनाएका अनमोल छडके–२ बाट ग्यांगस्टार मुहारमा देखिदैछन् । प्रशान्त गिरी र देवकुमार श्रेष्ठको निमार्णमा रहेका छडके–२ लाई निगम श्रेष्ठले निर्देशन गरेका हुन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप