शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रशासकीय अधिकृतमाथि कारबाही गर्न मेयर रिना साहको माग

शुक्रबार, २६ असार २०८३, १५ : ३७
शुक्रबार, २६ असार २०८३

काठमाडौँ । रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहले प्रमुख प्रशासकीय अधिकृत सुरेशबाबु घिमिरेलाई निलम्बन गरी छानबिन र कारबाही गर्न नेपाल सरकारसँग माग गरेकी छन्।

शुक्रबार विज्ञप्ति जारी गर्दै मेयर साहले महिनौँदेखि कार्यालयमा अनुपस्थित रहेका घिमिरेले काठमाडौँमै बसेर मनपरी आरोप लगाएकी छन्।

मेयर साहले नगरपालिकाको नेतृत्वलाई जानकारी नदिई गरिएको भनिएको रकम निकासीलाई गम्भीर आर्थिक अनियमितता र भ्रष्टाचारजन्य कार्यको संज्ञा दिँदै दोषीमाथि कानुनी कारबाही हुनुपर्ने बताएकी छन्।

उनले मौलापुर नगरपालिकाको समस्या समाधानका लागि सङ्घीय सरकार र सम्बन्धित निकायले तत्काल हस्तक्षेप गर्नुपर्ने पनि आग्रह गरेकी छन्।

यता  प्रमुख प्रशासकीय अधिकृत घिमिरे नगरपालिकाले कार्यविधि नै नबनाई नगरबासीको बिजुलीको बिल (२० करोड बढी ) तिर्न आग्रह गरिरहेकाे बताउँछन्। मेयर साहले लगाएकाे आराेपकाे समेत उनले खण्डन गरेका छन्।

'नगर प्रमुख रिना साहले बारम्बार धम्की दिएर जसरी पनि खतरामा पारेर काम लिन्छु भनेकी छन्,' घिमिरेले रातोपाटीसँग भने,'म अफिस गएर हाजिर गरेर आउनेबाहेक केही काम भएको छैन, मेयरका मान्छे आएर सधैँ थर्काउँछन्।'

738068396_1571871087662309_5836281022183318190_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप