शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लागु औषधसहित ८ जना पक्राउ

शुक्रबार, १९ फागुन २०७९, १२ : ०७
शुक्रबार, १९ फागुन २०७९

काठमाडौँ । देशका विभिन्‍न स्थानबाट लागुऔषधसहित आठ जना पक्राउ परेका छन् । झापाको  झापा मेचीनगर नगरपालिका–६ बाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ७ सय मिलिग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका गैरी गाउँ बस्ने २० वर्षीया सन्ध्या दर्जी र अर्जुनधारा नगरपालिका-११ बुट्टाबारी बस्ने ३६ वर्षीय सागर गिरी रहेका छन् । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरुलाई जाँच गर्ने क्रममा सन्ध्याको साथबाट ३ ग्राम र सागरको साथबाट १ ग्राम ७ सय मिलिग्राम उक्त लागुऔषध फेला पारी पक्राउ गरेको हो ।

बाँकेको कोहलपुर नगरपालिका–९ झण्डहवाबाट अवैध लागुऔषध ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ ४ ग्राम २६० मिलिग्राम र डिजिटल तराजु १ थानसहित सोही ठाउँ बस्ने ३७ वर्षीय मोहमद साईलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले भे।१२ प ७७२१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो । 

कञ्चनपुरको पुनर्वास नगरपालिका-११ टाउके बजारस्थित नेपाल भारत सीमानाकाबाट अवैध लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ १८ ग्राम ३० मिलिग्रामसहित बेलौरी नगरपालिका–६ दुम्ली बस्ने ३५ वर्षीय उमेश सिंह विष्टलाई प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी परासनबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ तिनकुने चोकबाट अवैध लागुऔषध गाँजा करिब १२ केजीसहित सोही उपमहानगरपालिका–२२ चकरी बस्ने २५ वर्षीय नरेश बमसमेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले ना.२ ह ४९५० नम्बरको अटोमा सवार उनीहरुलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

मकवानपुरको  मनहरी गाउँपालिका६ खैरधारीबाट अवैध लागुऔषध अफिम १ केजीसहित सोही ठाउँ बस्ने ४० वर्षीय  नरमान घिसिङलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले घिसिङलाई उनकै भान्सा कोठामा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप