अब नारायणी पुल झिलिमिली
चितवन । भरतपुर महानगरपालिकाले ‘उज्यालो सहर’ अभियान अन्तर्गत चितवनको नारायणगढस्थित नारायणी पुलमा स्मार्ट बत्ती जडान गरेको छ । बिहिबार साँझ महानगरकी मेयर रेणु दाहालले बत्ती बालेर स्मार्ट बत्तीको उद्दघाटन गरेकी हुन् । गत जेठमा हावाहुरीले पूलमाथि राखिएका पोलहरु ढलेका थिए । भरतपुर महानगरपालिका र नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रवर्द्धन आयोजनाको संयुक्त पहलमा पुलमा १४ वटा पोल राखेर स्मार्ट बत्ती जडान गरेका हुन् ।

पोलमा राखिएका बत्ती डिजिटल माध्यमबाट बाल्न र निभाउन मिल्छ । पुलमाथि बत्ती बलेसँगै रातको समयमा स्थानीय एवं बाह्य सर्वसाधरणलाई ओहोर दोहोर गर्न सजिलो भएको छ । पुलले भरतपुर महानगरपालिकाको नारायणगढ र गैंडाकोट नगरपालिकाको गैंडाकोट जोड्दछ । भरतपुर महानगरले पहिलो चरणमा ७८.१ किलोमिटर र दोस्रो चरणमा ११८ किलोमिटर क्षेत्रमा थप सडक बत्ती राख्ने तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
-
कांग्रेस नीति प्रतिष्ठानको बैठक साउन १० गते बस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण