आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

बढ्यो दूधको मूल्य

शुक्रबार, १९ फागुन २०७९, २२ : २८
शुक्रबार, १९ फागुन २०७९

काठमाडौं । सरकारले दूधको मूल्य बढाउने निर्णय गरेको छ । २०७९ फागुन १९ गते शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले दूधको न्यूनतम मूल्य ५६.४ बाट वृद्धि गरेर ६५.५ बनाउने निर्णय गरेको हो । किसानले दूधको उचित मूल्य पाउन नसकेको गुनासो गरिरहेको बेला किसानको हितलाई ध्यानमा राखी सरकारले दूधको न्यूनतम मूल्य निर्धारण गरेको हो ।

यसअघि दूध उत्पादनको लागत बढेको भन्दै उद्योगीहरूले दूधको मूल्य प्रतिलिटर १० रूपैयाँका दरले बढाउन  प्रस्ताव गरेका थिए ।   राष्ट्रिय दुग्ध विकास बोर्डले दुग्ध विकास संस्थान, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघ र केन्द्रीय दुग्ध सहकारी संघले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसमक्ष प्रस्ताव गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप