बढ्यो दूधको मूल्य
शुक्रबार, १९ फागुन २०७९, २२ : २८
काठमाडौं । सरकारले दूधको मूल्य बढाउने निर्णय गरेको छ । २०७९ फागुन १९ गते शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले दूधको न्यूनतम मूल्य ५६.४ बाट वृद्धि गरेर ६५.५ बनाउने निर्णय गरेको हो । किसानले दूधको उचित मूल्य पाउन नसकेको गुनासो गरिरहेको बेला किसानको हितलाई ध्यानमा राखी सरकारले दूधको न्यूनतम मूल्य निर्धारण गरेको हो ।
यसअघि दूध उत्पादनको लागत बढेको भन्दै उद्योगीहरूले दूधको मूल्य प्रतिलिटर १० रूपैयाँका दरले बढाउन प्रस्ताव गरेका थिए । राष्ट्रिय दुग्ध विकास बोर्डले दुग्ध विकास संस्थान, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघ र केन्द्रीय दुग्ध सहकारी संघले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसमक्ष प्रस्ताव गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण