रुपान्तरणका लागि पार्टी कार्यकर्ता परिचालित हुनुपर्छ : अध्यक्ष ओली
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको परिवर्तन र रुपान्तरणका लागि पार्टी कार्यकर्तालाई परिचालन गर्ने बताएका छन् । एमाले पार्टी कार्यालय ललितपुर च्यासलमा स्थानीय तह कर्मचारी सङ्घ, नेपालले आज आयोजना गरेको कार्यक्रममा उनले देश र जनताको विकासका लागि कार्यकर्ता प्रयोग गरिने बताए ।
“एमालेले क्षणिक कुरा मात्र सोच्दैन । दीर्घकालीन कुरा सोच्छ”, उनले भने, “हरेक ठाउँबाट पार्टीलाई सकारात्मक योगदान पुर्याउनुपर्दछ ।” उनले एकएक जनालाई सम्झाएर बुझाएर पार्टीमा ल्याउनुपर्ने भन्दै पार्टी कार्यकतालाई सक्रिय, रचना र योजनावद्ध र अनुशासित बनाएर काम गर्न निर्देशन दिए ।
उनले प्रतिफल ल्याउने गरी अनुशासित र योजनाबद्ध तवरले सक्रियता प्रदर्शन गर्न सबैलाई आग्रह गरे । अध्यक्ष ओलीले पार्टीमा आएका नयाँ र पुराना भनेर भेद्भाव पनि नगर्ने बताए । “पार्टीले भेद्भाव गर्दैन । भेद्भाव आफूले आफैँलाई नगरौं”, उनले थपे ।
अध्यक्ष ओलीले राष्ट्रको रक्षा, विकास, सामाजिक न्यायसहितको लोकतन्त्र र सुशासनका निम्ति एमालेमा सबै गोलबन्द भएर काम गर्नुपर्ने बताए । उक्त कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) निकट स्थानीय तह कर्मचारी सङ्घ नेपालका अध्यक्ष हरिकुमार श्रेष्ठसहितको पदाधिकारी एमालेको जनसङ्गठन पेसागत महासङ्घ नेपालमा समाहित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
-
प्लेन चढेर सरकारसँग वार्ता गर्न आउँदै मिटरब्याज पीडित
-
विष्णु पौडेलसहित केही व्यक्ति र कम्पनीविरुद्ध अदालतमा अभियोगपत्र दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण