इङवा हाइड्रोपावरको आईपीओ खुला
काठमाडौँ । इङवा हाइड्रोपावरको आईपीओ आजदेखि बिक्री खुला भएको छ । कम्पनीले दुई चरण गरेर आईपीओ निष्कासन गरेको हो ।
पहिलो चरणमा हाइड्रोपावरले स्थानीय बासिन्दाका लागि आफ्नो जारी पुँजीको ६० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ६ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्न लागेको हो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ६ लाख कित्ता सेयर निष्कासन गरेको हो ।
स्थानीय बासिन्दाले नेपाल एसबिआई बैङ्क, सिद्धार्थ बैङ्क, लक्ष्मी बैङ्क, सिभिल बैङ्क, सप्तकोसी विकास बैङ्कका तोकिएका तोकेको शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
त्यस्तै, दोस्रो चरणमा सर्वसाधारणमा निष्कासन हुने १२ लाख कित्तामध्ये १० प्रतिशत अर्थात् १ लाख २० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुटाइएको छ ।
उक्त आईपीओ आयोजना अति प्रभावित क्षेत्र ताप्लेजुङको सिदिङ्गवा गाउपालिका वडा नं ३ र पाँचथर जिल्लाको यङपरक गाउपालिकाको वडा नं २ स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेको हो ।
यता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैङ्क तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । यसमा चैत ५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयसम्ममा पूर्ण आवेदन नपरेमा चैत २० गतेसम्म आवेदन दिन पाउनेछन् ।
यता वैदेशिक रोजगारीमा रहेका नेपालीले भने चैत ५ गतेसम्म आवेदन दिनुपर्नेछ । रेटिङ एजेन्सी केयर नेपालले इङवा हाइड्रोपावरलाई केयर एनपी डबल बी रेटिङ प्रदान गरेको छ ।
जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यो आईपीओमा नेपाल एसबिआई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण