शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा डुबेर एक जनाको मृत्यु

आइतबार, २१ फागुन २०७९, ११ : ४९
आइतबार, २१ फागुन २०७९

  मुगु । कर्णाली नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मुगु छायानाथ रारा नगरपालिका–१३ रुगाका ४६ वर्षीय मान बहादुर लावड रहेका छन् । उनी कर्णाली नदीमा बालुवा लिन गएका थिए । त्यही अवस्थामा पानी खान जाने क्रममा चिप्लिएर नदीमा डुबेको प्रहरीले जनाएको छ । 

नदीमा डुबेको अवस्थामा स्थानीयले उद्धार गरेका थिए भने उपचारको लागि जिल्ला अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको मुगु प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप