कांग्रेसको सेवा गर्ने वामपन्थीबाट कम्युनिस्ट आन्दोलन जोगिँदैन : रिजाल
जुम्ला । नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले दक्षिणपन्थी कांग्रेसको सेवा गर्ने वामपन्थी नामधारीबाट कम्युनिस्ट आन्दोलनलाई बचाउनुपर्ने बताएका छन् । नेकपा (एमाले)ले सञ्चालन गरेको मिसन ग्रासरुट अन्तर्गत जुम्लाको चन्दननाथ नगरपालिका–२, भण्डारीबाडामा आइतबार आयोजित कार्यकर्ता भेला तथा वडा कमिटी पुनर्गठन कार्यक्रममा बोल्दै रिजालले सो कुरा बताएका हुन् ।
‘पहिले कम्युनिस्ट पार्टीको प्रधानमन्त्रीलाई हटाएर कांग्रेसका सभापतिलाई प्रधानमन्त्री बनाउने अनि अहिले कम्युनिस्ट पार्टीबाट राष्ट्रपति बनाउने बेलामा कांग्रेसका उम्मेद्वारलाई अघि सार्नेहरूलाई कम्युनिस्ट भन्ने नैतिक र राजनीतिक अधिकार छैन’, रिजालको भनाइ छ । भेलाले हरिबहादुर भण्डारीको नेतृत्वमा नयॉ कमिटी गठन गरेको छ । भेलामा जुम्ला जिल्लाका अध्यक्ष शान्तिलाल महत, प्रदेश सचिवालय सदस्य गोर्ख पेछाई, जिल्ला कमिटी उपाध्यक्ष सुरतबहादुर शाही, नगर कमिटी अध्यक्ष धर्मेन्द्र रोकाया, अनेरास्वियुका केन्द्रीय सदस्य विराज भण्डारी, युवा संघका जिल्ला अध्यक्ष हरिश रोकाया लगायतको उपस्थिति थियो ।
भेलाले वडाभित्रका भण्डारीबाडा, कुमाईबाडा र खोलिकोटमा पार्टी सदस्यता नवीकरण र विस्तारका लागि टोली गठन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण