मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सेयर बजार ३०.७७ अंकले घट्यो

आइतबार, २१ फागुन २०७९, १५ : ४९
आइतबार, २१ फागुन २०७९

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार घटेको छ । आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ३०.७७ अंकले घटेर १९३८.२५ विन्दुमा पुगेको छ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.८६ अङ्कले घटेर ३६८.७० मा पुगेको छ । 

आइतबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा कूल २५९ कम्पनीको ३८ लाख ३२ हजार ४५९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३९ करोड २३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा हिमालय डिस्टिलरी शीर्ष स्थानमा छ। यसको  ८ करोड ४४ लाखभन्दा बढीको कारोबार भएको छ । त्यस्तै दोस्रोमा सुभम पावरको ५ करोड ४८ लाखभन्दा बढीको कारोबार भएको छ । आइतबार सबै उपसुचकहरुको कारोबार रकम घटेको छ। 

आजको कारोबारमा सुभम सिमेन्टको १० प्रतिशतले सेयर मूल्य बढेको छ। यस कम्पनीको लगानीकर्ताले अत्याधिक कमाएका छन्। युनिक लघुवित्त, एनएमबि ५० र एनआइबिएल प्रगति फण्डका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।-न्युज कारखाना 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप