बारामा बसले किच्दा एक पुरुषको मृत्यु
आइतबार, २१ फागुन २०७९, १८ : ०६
काठमाडौँ । बारामा बसले किच्दा एक जनाको मृत्यु भएको छ । आइतबार मध्यान्ह वीरगंजबाट विराटनगरतर्फ जाँदै गरेको को १ ख ५७०० नम्बरको बस ब्याक गर्नेक्रममा निजगढ नगरपालिका ८ बुधचोकका ५० वर्षीय मजिद मियाको ज्यान गएको हो ।
बसले किच्दा घाइते भएका मियालाई तत्काल स्थानीय सिटी अस्पतालमा उपचार पश्चात थप उपचारको लागि गण्डक हेल्थकेयर अस्पताल वीरगञ्ज रेफर गरिएकोमा अस्पताल पुर्याएलगत्तै उनको ज्यान गएको बारा प्रहरीले जनाएको छ । बस चालक सिरहा सुखिपुर नगरपालिका ८ का ४२ वर्षीय ललन कुमार दासलाई प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय निजगढमा राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण