शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बारामा बसले किच्दा एक पुरुषको मृत्यु

आइतबार, २१ फागुन २०७९, १८ : ०६
आइतबार, २१ फागुन २०७९

काठमाडौँ । बारामा बसले किच्दा एक जनाको मृत्यु भएको छ । आइतबार मध्यान्ह वीरगंजबाट विराटनगरतर्फ जाँदै गरेको को १ ख ५७०० नम्बरको बस ब्याक गर्नेक्रममा निजगढ नगरपालिका ८ बुधचोकका ५० वर्षीय मजिद मियाको ज्यान गएको हो । 

बसले किच्दा घाइते भएका मियालाई तत्काल स्थानीय सिटी अस्पतालमा उपचार पश्चात थप उपचारको लागि गण्डक हेल्थकेयर अस्पताल वीरगञ्ज रेफर गरिएकोमा अस्पताल पुर्‍याएलगत्तै उनको ज्यान गएको बारा प्रहरीले जनाएको छ । बस चालक सिरहा सुखिपुर नगरपालिका ८ का ४२ वर्षीय ललन कुमार दासलाई प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय निजगढमा राखेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप