महानगरपालिका प्रमुख दाहालसँग कोरियन टोलीको भेटवार्ता

भरतपुर । नेपाल भ्रमणमा आएका सांसद, कोरिया नेपाल संसदीय समितिका अध्यक्ष तथा नेपाल–कोरिया मामिलाका सभापति लि साङ हन नेतृत्वको टोलीले भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालसँग भेटवार्ता गरेको छ ।
भेटवार्ताको क्रममा भरतपुर र कोरियाबीच कृषि, पर्यटन तथा विकासका कार्यमा सहकार्य गर्नेबारे छलफल भएको थियो ।
मेयर दाहालले भरतपुरमा भइरहेको विकास निर्माण, कृषि क्षेत्रमा गर्न खोजेको प्रयास र ल्याण्डफिल्ड साइटको बारेमा सभापति हनलाई जानकारी गराएकी थिइन् ।
दाहालले भरतपुर भ्रमण वर्ष २०२४ का लागि सभापति हनलाई कोरिया सरकार तथा नागरिकलाई निम्तो दिइन् । भरतपुरमा कोरयिन संस्था निर्माण गर्ने भनेको ल्याण्डफिल साइटको डिपिआर र गुरुयोजना सम्पन्न भइसके पनि काम अगाडि नबढेको भन्दै सभापति हनको ध्यानाकर्षण गराएकी थिइन् ।
भेटवार्ताका क्रममा सभापति हनले नेपालमा प्रचुर सम्भावना रहेकाले विकासको गतिलाई बढाउन सकिने उल्लेख गरिन् ।
हनले चीन र कोरियाले छोटो समयमा गरेको प्रगतिलाई अनुसरण गर्दै नेपालले आफ्ना गतिविधिलाई अगाडि बढाउनु पर्ने धारणा राखिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिन्दकुश हिमालय संसदीय सम्मेलन’ आगामी साउन २ र ३ मा
-
सशस्त्र प्रहरीले मधेस प्रदेशमा ‘डिजाष्टर भोलेन्टिर’ तयार पार्दै
-
विद्या भण्डारीलाई चीनले दिएको ‘उच्च’ सम्मानले एमाले उत्साहित
-
कोशी प्रदेशलाई दिने अनुदान रकम निरन्तर घट्दो
-
२७ विधामा बाँडियो नेपाल म्युजिक एन्ड फेसन अवार्ड
-
आयोजना निर्माणमा ढिलासुस्ती गर्नेलाई उन्मुक्ति दिँदैनौँ : खानेपानीमन्त्री