महानगरपालिका प्रमुख दाहालसँग कोरियन टोलीको भेटवार्ता
भरतपुर । नेपाल भ्रमणमा आएका सांसद, कोरिया नेपाल संसदीय समितिका अध्यक्ष तथा नेपाल–कोरिया मामिलाका सभापति लि साङ हन नेतृत्वको टोलीले भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालसँग भेटवार्ता गरेको छ ।
भेटवार्ताको क्रममा भरतपुर र कोरियाबीच कृषि, पर्यटन तथा विकासका कार्यमा सहकार्य गर्नेबारे छलफल भएको थियो ।
मेयर दाहालले भरतपुरमा भइरहेको विकास निर्माण, कृषि क्षेत्रमा गर्न खोजेको प्रयास र ल्याण्डफिल्ड साइटको बारेमा सभापति हनलाई जानकारी गराएकी थिइन् ।
दाहालले भरतपुर भ्रमण वर्ष २०२४ का लागि सभापति हनलाई कोरिया सरकार तथा नागरिकलाई निम्तो दिइन् । भरतपुरमा कोरयिन संस्था निर्माण गर्ने भनेको ल्याण्डफिल साइटको डिपिआर र गुरुयोजना सम्पन्न भइसके पनि काम अगाडि नबढेको भन्दै सभापति हनको ध्यानाकर्षण गराएकी थिइन् ।
भेटवार्ताका क्रममा सभापति हनले नेपालमा प्रचुर सम्भावना रहेकाले विकासको गतिलाई बढाउन सकिने उल्लेख गरिन् ।
हनले चीन र कोरियाले छोटो समयमा गरेको प्रगतिलाई अनुसरण गर्दै नेपालले आफ्ना गतिविधिलाई अगाडि बढाउनु पर्ने धारणा राखिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजधानीको कीर्तिपुरमा गाडीमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण