शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

डाइटिङ सुरु गरेपछि मानिसमा देखिन्छन् यस्ता ३ समस्या, जान्नुहोस् यसबाट बच्ने उपाय

सोमबार, २२ फागुन २०७९, ०७ : २९
सोमबार, २२ फागुन २०७९

सबै जना शारीरिक रूपमा फिट हुन चाहन्छन् । स्वास्थ्य राम्रो होस् र सधैँ स्लिम ट्रिम रहन सकियोस् भनेर कसले पो नसोच्ला र ? यसका लागि हामी बारम्बार डाइट प्लान सुरु गर्छौँ । तर कुनै न कुनै कारणले यो पूरा हुन सक्दैन । वास्तवमा, डाइटिङ सुरु गरेको केही दिन पछि, मानिसले एक प्रकारको समस्या महसुस गर्न थाल्छन् । यस्तो अवस्थामा उनीहरुले सही तरिकाले प्रेरणा पाएनन् भने बाध्यतामा आफ्नो खानपान छोड्छन् । यसको नतिजा उनीहरूको पातलो हुने सपना अधुरो हुन्छ । यहाँ हामी तपाईँलाई ती समस्याहरू बारे बताइरहेका छौँ, जसबाट बच्न सकिन्छ ।

ऊर्जा कम हुन्छ

डाइटिङको समयमा, तपाईंको खानपान सीमित हुन्छ । कतिपयले आफूलाई मन पर्ने खानेकुरा खान पनि पाउँदैनन् । यस्तो अवस्थामा अक्सर पेट खाली भएको महसुस हुन्छ जसका कारण ऊर्जाको कमी महसुस हुन्छ । केही मानिसहरू डाइटिङका साथै व्यायाम पनि गर्छन् । व्यायाम गर्नका लागि शरीरलाई अत्यधिक ऊर्जाको आवश्यकता पर्छ । यस्तोमा यदि तपाईंको डाइट सही छैन भने ऊर्जा कम हुने गर्छ ।

धेरै क्रेभिङ हुनु

डाइटिङको सुरुवाती दिनहरूमा मानिसहरूले सामना गर्ने सबैभन्दा सामान्य समस्याहरू मध्ये एक भनेको क्रेभिङ हो । क्रेभिङ अर्थात् आफूलाई मनपर्ने खानेकुरा देखेर त्यो खाने चाहना । क्रेभिङ हुनु गलत होइन तर यदि तपाईँ डाइटिङमा हुनुहुन्छ भने नियन्त्रणमा रहनुपर्छ । खानपानमा संयम नहुँदा तपाईंको डाइटिङ बिग्रन सक्छ र तौल घटाउने लक्ष्य अधुरो रहन सक्छ । याद राख्नुहोस् हप्तामा एक पटक चिट डे हुन्छ । चिट डे त्यसलाई भनिन्छ जुन दिन तपाईँलाई आफूलाई मन परेको खाना खान छुट हुन्छ । यो दिन तपाईँ मिठाई, केक आदि खान सक्नुहुन्छ । 

उद्देश्य पूरा नहुने डर

तौल घटाउने चाहनामा मानिसहरूले धेरै सम्झौता गर्छन् । चाहे त्यो खानपानसँग सम्बन्धित होस्, जीवनशैलीसँग सम्बन्धित होस् वा व्यायामसँग सम्बन्धित होस् । यस्तो अवस्थामा मानिसमा सधैँ एक प्रकारको डर रहिरन्छ कि कतै मेरो एउटा गल्तीले आफ्नो खानपिनको तालिका बिग्रने त होइन । कतै आफ्नो उद्देश्य पूरा नहुने पो हो कि भनेर पनि मानिसहरू धेरैजसो चिन्तित हुने गर्छन् । यो डरले उनीहरूलाई धेरैजसो आफ्नो डाइटका लागि सचेत राख्छ । यसको नकारात्मक असर उनीहरुकाे मानसिक स्वास्थ्यमा पर्न सक्छ ।

योबाट कसरी जोगिने ?

डाइटिङ सुरु गर्नुअघि यहाँ उल्लेख गरिएका कुराहरूले सताइरहेको छ भने यी कुराहरूमा ध्यान दिनुहोस्:

– आफ्नो डाइट बारे धेरै नसोच्नुहोस् ।

– कुनै विशेषज्ञबाट नै आफ्नो डाइट चार्ट बनाउनुहोस् ताकि शरीरमा कहिल्यै ऊर्जाको कमी महसुस नहोस् । 

– तौल घटाउने उद्देश्यका लागि धेरै चिन्ता नगर्नुहोस् । स–सानो उद्देश्य निर्धारण गर्नुहोस् ताकि त्यसलाई पूरा गर्न त्यति साह्रो गाह्रो नहोस् । 

– राम्रो खानपानको साथसाथै पर्याप्त निद्रा पनि आवश्यक छ ।

– तौल घटाउनका लागि आहारसँगै व्यायाम पनि गर्नुपर्छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप