आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

बंगलादेश : रोहिंग्या शिविरमा भीषण आगलागी, १२ हजार घरबारविहीन

सोमबार, २२ फागुन २०७९, १० : ३०
सोमबार, २२ फागुन २०७९

दक्षिण पूर्वी बङ्गलादेशमा रहेको रोहिंग्या शरणार्थी शिविरमा भीषण आगलागी हुँदा हजारौँ मानिसले आफ्नो छाना गुमाएका छन् । आगलागी आइतबार भएको थियो जसको चपेटामा हालसम्म कक्स बजार क्याम्पका २००० भन्दा बढी सेल्टर पुगिसकेका छन् । 

छिमेकी म्यानमारमा हिंसाबाट भागेका करिब १२,००० मानिस अहिले घरबारविहीन भएको अनुमान गरिएको छ । आगलागीका कारण भने हालसम्म खुल्न सकेको छैन र यसमा मानवीय क्षति भने भएको छैन ।

स्थानीय समय अनुसार आइतबार दिउँसो ३ः४५ बजे आसपास लागेको हो र केही बेरमा बाँस वा त्रिपालले बनेको सेल्टर होम यसको चपेटामा पर्‍यो ।

बङ्गलादेशका शरणार्थी आयुक्त मिजानुर रहमानले एएफपी समाचार एजेन्सीलाई भने, ‘लगभग २,००० आश्रय स्थलहरू जलेको आशङ्का छ र म्यानमारका १२,००० नागरिक घरबारविहीन भएका छन् ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप