एनआईसी एसिया लघुवित्तले बोनस सेयर नदिने, १४.७५ प्रतिशत नगद प्रस्ताव
मङ्गलबार, २३ फागुन २०७९, १० : २९
काठमाडौँ । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई नगद लाभांश मात्रै वितरण गर्ने भएको छ । कम्पनीको १६८औँ सञ्चालक समितिको बैठकबाट आफ्ना लगानीकर्तालाई गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव दर्ता गरेको हो ।
सञ्चालक समितिको प्रस्तावअनुसार कम्पनीले आफ्ना सेयरधनीहरुलाई चुक्ता पुँजीको १४.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँको उक्त प्रतिशत नगद लाभांश वितरण हुनेछ ।
१४.७५ प्रतिशतका दरले हुन आउने २५ करोड ६५ लाख ६७ हजार ४०० रुपैयाँ नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । यो प्रस्ताव कम्पनीको आगामी वार्षिक साधारण सभाको बैठकले पारित गरेपछि मात्रै लागु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पतालको बोर्ड फेरेर मात्र स्वास्थ्य क्षेत्रमा सुधार हुँदैन : महामन्त्री पौडेल
-
कमला मिस : आमा र बालकबिचको भावनात्मक कथा
-
एम्बोलो रातो कार्डमा बाहिरिए, १० खेलाडीमा सीमित स्विट्जरल्यान्ड
-
स्विट्जरल्यान्डले फर्कायो बराबरी गोल, अर्जेन्टिनालाई झट्का
-
‘गौँथली’ अमेरिकामा पनि प्रदर्शन हुने
-
पर्यटकीय सम्भावना बोकेको ‘राजाकोट’ ओझेलमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण