आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

मङ्गलबार, २३ फागुन २०७९, १८ : ३५
मङ्गलबार, २३ फागुन २०७९

जनकपुरधाम । धनुषामा मोटरसाइकल दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । सोमबार राति करिब १० बजेकोको समयमा पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका १० लालगढमामा भएको दुर्घटनामा धनुषाको बटेश्वर गाउँपालिका–१ विजयपुर बस्ने ४० वर्षीय विनोद महतो र एक जना मागी खाएर हिँड्ने अन्दाजी ५५ वर्षीय पुरुषको मृत्यु भएको प्रहरी जनाएको हो ।

बर्दिबास तर्फबाट महतो चलाएर आउँदै गरेको प्रदेश २–००२–०३ प ७७४३ नम्बरको मोटरसाइकल अगाडी अचानक ती व्यक्ति आइपुगेपछि दुर्घटना भएको बताइएको छ । दुर्घटनामा गम्भीर घाइते भएका नाम नखुलेका ती व्यक्तिको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा राति १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै गम्भीर घाइते मोटरसाइकल चालक महतोको जनकपुरमा उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौँ लैजाँदै गर्दा मंगलबार बिहान बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप