एक महिनामा प्रतितोला ६ हजारले घट्यो सुनको मूल्य
काठमाडौँ । एक महिनाको अवधिमा सुनको मूल्य प्रतितोला ६ हजार रुपैयाँले घटेको छ । नेपाली बजारमा सुनले माघ १९ गते कीर्तिमानी मूल्य कायम गरेको थियो । उक्त मितिमा सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँ कायम थियो ।
तर, त्यसयता सुनको मूल्य निरन्तर घटेर कारोबारमा आइरहेको छ । आज फागुन २४ गतेसम्म आइपुग्दा छापावाल सुनको मूल्य तोलामा १ लाख १ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १ हजार रुपैयाँ कायम छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढ्दै जाँदा माघ १९ गते अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको थियो । यसअनुसार उक्त मूल्य नेपाली बजारमा पनि सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको थियो ।
यस्तै, उक्त मितिमा चाँदीको मूल्य तोलामा १ हजार ३९५ रुपैयाँ कायम थियो । तर, त्यसयता निरन्तर मूल्य घट्दै १ हजार २२५ रुपैयाँमा आइपुगेको छ । यस अवधिमा चाँदीको मूल्य तोलामा १७० रुपैयाँ घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
-
तुलसी अधिकारीको थुनछेक बहस सुरु
-
कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण