काक्रेबिहार फनपार्कमा पिङ चुँडिँदा एक महिलाको मृत्यु, दुई घाइते
सुर्खेत । सुर्खेतको काक्रेबिहार फनपार्क एण्ड रिसोर्ट प्रालिद्वारा संचालित ट्रि हाउस फन पार्कमा पिङ चुँडिँदा एक जना महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा दाङको तुलसीपुर नगरपालिका ६ घर भएकी अन्दाजी ५० वर्षीय खगिसरा सुनार रहेको सुर्खेत प्रहरीले जनाएको छ।
यस्तै पिङ खेलिरहेका अन्य दुई जना घाइते भएका छन्। घाइते हुनेमा वीरेन्द्रनगर–३ कि २६ वर्षीया प्रतिमा गदाल र उनका छोरा दुई वर्षका प्रनिल गदाल रहेका छन्। उक्त घटना बुधबार साँझ घटेको प्रहरीले जनाएको छ ।
मृतक सुनारको शव प्रदेश अस्पताल कालागाउँमा राखिएको छ । प्रहरीका अनुसार मृतक सुनार आफन्तसँग भेटघाटको लागि सुर्खेत आएकी थिइन् । उनी अवलोकनका लागि सहिद पार्क गएको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी लक्ष्मण शाहीले घाइतेको अवस्था सामान्य रहेको बताए।
उनका अनुसार पार्क सञ्चालक कर्ण मगरलाई पक्राउ गरेको छ । उनले भने,'सोधपुछका लागि हामीले उहाँलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
-
बालेन सरकारको सय दिन, विपक्षी दलहरूले कति दिए अंक ?
-
अमेरिकाले सुरु गर्यो इराकमा डलर आपूर्ति
-
सम्पत्ति शुद्धीकरण मनि लाउन्डरिङ निवारण (तेस्रो संशोधन) विधेयक प्रतिनिधिसभाबाट पारित
-
प्रति मिनेट गोल गर्ने क्षमतामा मेस्सी अगाडि
-
अर्थमन्त्री डा. वाग्लेको भनाइमा एमाले सांसद बरालको नियमापत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण