नेप्सेमा भारी वृद्धि, पुग्यो २ हजारको विन्दुमा
काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचकमा भारी वृद्धि भएको छ । यस दिन नेप्से सूचक ५० अंकमाथिले बढ्दै २ हजार अंकको विन्दुमा उक्लिएको हो ।
२.५६ प्रतिशतले नेप्से बढ्दै गर्दा आज १ अर्ब ५६ करोड ५५ लाख रुपैयाँ माथिको सेयर कारोबार भएको छ ।
आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत २.५० प्रतिशतले वृद्धि हुँदै ३७९.५० अंकमा उक्लिएको छ भने १३ वटै उपसूचक धनात्मक भएका छन् ।
हाइड्रोपावर समूहको उपसूचक सबैभन्दा बढी ३.५९ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको उपसूचक ३.४६ प्रतिशतले, इन्भेष्टमेन्ट समूहको उपसूचक ३.२६ प्रतिशतले र जीवन बीमा समूहको उपसूचक ३.२२ प्रतिशतले बढेका छन् ।
बैंकिङ समूहको उपसूचक १.८२ प्रतिशतले बढेको यस दिन विकास बैंक २.९७ प्रतिशतले, होटल तथा पर्यटन समूहको उपसूचक २.१७ प्रतिशतले, माइक्रोफाइनान्स समूह २.९९ प्रतिशतले, म्युचुअल फन्ड प्रो १.५३ प्रतिशतले, म्युचुअल फन्ड २.३१ प्रतिशतले, निर्जीबन बीमा समूह २.९० प्रतिशतले, ट्रेडिङ समूह २.०७ प्रतिशतले र अन्य समूहको उपसूचक २.२१ प्रतिशतले बढेका छन् ।
आज शिभम् पावर लिमिटेडका सेयरधनीले ९.९८ प्रतिशतले कमाएका छन् भने सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ का लगानीकर्ताले ५.८१ प्रतिशतले गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण