युक्रेनको आणविक प्लान्ट आक्रमण ‘अस्वीकार्य चुनौती’ : फ्रान्स
पेरिस । फ्रान्सले युक्रेनको एक प्रमुख विद्युत् गृहमा रुसी क्षेप्यास्त्र आक्रमणबाट ‘आणविक सुरक्षा र अन्य सुरक्षाका लागि अस्वीकार्य चुनौती’ उत्पन्न भएको चेतावनी दिएको छ ।
फ्रान्सको विदेश मन्त्रालयका प्रवक्ता एनी–क्लेयर लेजेन्ड्रेले भने, “फ्रान्सले जापोरिजिया प्लान्टमा ग्रिडबाट नयाँ सम्पर्क विच्छेद भएको सूचनाप्रति चासो लिएको छ ।”
युरोपको सबैभन्दा ठूलो आणविक ऊर्जा संयन्त्रमा आणविक ईन्धन राख्ने ‘रिएक्टर’ र पूलहरू चिसो गर्न पानी परिचालित गर्ने पम्पहरू सञ्चालन गर्न बिजुली आवश्यक छ । देशभरका ऊर्जा पूर्वाधारलाई लक्षित गरी रुसी आक्रमणको नयाँ लहर चलिरहेका बेला यो अवरोध आएको हो ।
युक्रेनी आणविक ऊर्जा अपरेटर इनर्गोएटमका अनुसार यो प्लान्ट जेनेरेटरबाट सञ्चालित छ, जसले १० दिनको लागि सुविधाको ऊर्जा आवश्यकता पूरा गर्न सक्छ ।
संयुक्त राष्ट्रसंघीय आणविक निकायका प्रमुखले बिहीबार नै उक्त स्थानमा पटक–पटक विद्युत् कटौती हुन सक्ने चेतावनी दिएका थिए ।
आईएईएका प्रमुख राफेल ग्रोसीले रूसले एक वर्षअघि कब्जा गरेयता छैटौं पटक र नोभेम्बर यता पहिलो पटक जपोरिजिया विद्युत् ग्रिडबाट काटिएको बताए ।
ग्रोसीले कीभ र मस्कोसँग प्लान्टको वरिपरि एक सुरक्षा क्षेत्र स्थापना गर्न प्रयास गर्न धेरै महिनादेखि परामर्श गरिरहेका छन्, तर वार्ता रोकिएको देखिन्छ ।
फ्रान्सले विशेष गरी स्टेशनको वरिपरि सुरक्षा क्षेत्र स्थापना गर्ने दिशामा युक्रेनमा आणविक सुरक्षा र सुरक्षा सुनिश्चित गर्न आईएईएको कार्यलाई समर्थन जारी राख्ने उनले बताए । (रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण