४ लाख ७५ हजार रुपैयाँसहित हुण्डी कारोबारी पक्राउ
शुक्रबार, २६ फागुन २०७९, १८ : ५३
विराटनगर । नगद ४ लाख ७५ हजार रुपैयाँसहित विराटनगरबाट एक जना हुण्डी कारोबारी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका १५ सुडी बस्ती बस्ने ३१ वर्षीय धर्मानन्द साह रहेको प्रहरीले जनाएका छन् ।
उनी विराटनगरका चर्चित हुण्डी कारोबारी रहेको प्रहरीको दाबी छ । कपडाको व्यापार व्यवसायी गर्दै आएका साह अहिले व्यापार छोडेर अवैध हुण्डीको धन्दामा लागेको प्रहरीका अधिकारी बताउँछन् ।
प्रहरीले साहलाई बिहीबार नै पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टिकाबहादुर कार्कीले जानकारी दिए । प्रहरीले उनको साथबाट हुण्डि कारोबारमा संलग्न कागजपत्र पनि फेला पारेको छ ।
पक्राउ परेका साहलाई प्रहरीले पाँच दिनको म्याद थप गरी थप अनुसन्धान सुरु गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण