४ लाख ७५ हजार रुपैयाँसहित हुण्डी कारोबारी पक्राउ
शुक्रबार, २६ फागुन २०७९, १८ : ५३

विराटनगर । नगद ४ लाख ७५ हजार रुपैयाँसहित विराटनगरबाट एक जना हुण्डी कारोबारी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका १५ सुडी बस्ती बस्ने ३१ वर्षीय धर्मानन्द साह रहेको प्रहरीले जनाएका छन् ।
उनी विराटनगरका चर्चित हुण्डी कारोबारी रहेको प्रहरीको दाबी छ । कपडाको व्यापार व्यवसायी गर्दै आएका साह अहिले व्यापार छोडेर अवैध हुण्डीको धन्दामा लागेको प्रहरीका अधिकारी बताउँछन् ।
प्रहरीले साहलाई बिहीबार नै पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टिकाबहादुर कार्कीले जानकारी दिए । प्रहरीले उनको साथबाट हुण्डि कारोबारमा संलग्न कागजपत्र पनि फेला पारेको छ ।
पक्राउ परेका साहलाई प्रहरीले पाँच दिनको म्याद थप गरी थप अनुसन्धान सुरु गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जडीबुटी चोकदेखि पेप्सीकोलासम्म सडक सीमा क्षेत्रका अनधिकृत संरचना हटाउन निर्देशन
-
रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
-
बुद्ध ! मेरो युगमा तिम्रो सम्झना
-
किराँत समुदायले यसरी मनाए उभौली पर्व, तस्बिरमा हेर्नुहोस्
-
भारत–पाकिस्तान युद्धविराम : उडानका लागि ३२ विमानस्थल खोलियो
-
खानेपानीको क्षेत्रमा नागरिकले प्रत्यक्ष देख्ने र महसुस गर्ने गरी काम भएको छ : मन्त्री यादव