रेफ्री खरिद प्रकरण : बार्सिलोनाविरुद्ध भ्रष्टाचारको मुद्दा
बार्सिलोना । स्पेनको रेफ्री समितिका पूर्व उपाध्यक्ष जोसे मारिया एनरिकेज नेग्रेरालाई क्लबले गरेको भुक्तानीमा बार्सिलोनाले भ्रष्टाचारको मुद्दा सामना गर्नुपर्ने भएको छ। यो गत महिना बार्साले नेग्रेरा र उसको स्वामित्वमा रहेको कम्पनीलाई सन् २००१ र २०१८ को बीचमा कूल ८४ लाख यूरो भुक्तान गरेको थियो।
बार्सिलोनाको एक अदालतले शुक्रबार बार्सिलोना, क्लबका पूर्व पदाधिकारी र नेग्रेराविरुद्ध ‘भ्रष्टाचार’, ‘विश्वासको उल्लङ्घन’ र ‘झूटा व्यापार रेकर्ड’ गरेको आरोपमा सुनुवाइ गरेको छ। बार्सिलोनाको सरकारी वकिलको कार्यालयले ल्याएका यी मुद्दाहरूमा क्लबका साथै पूर्व अध्यक्षहरू जोसेप मारिया बार्टोमेउ र स्यान्ड्रो रोजेललाई पनि विपक्षी बनाइएको छ।
गत महिना ला लिगाका प्रमुख कार्यकारी जाभियर टेबासले वर्तमान अध्यक्ष जोन लापोर्ताले भुक्तानीहरू व्याख्या गर्न असमर्थ भएमा राजीनामा दिनुपर्ने बताएका थिए। यता लापोर्टाले प्रतिक्रिया दिँदै ‘पद छोडेर’ टेबासलाई उनले चाहेको कुरा नदिने र आफ्नो क्लबले ‘कहिल्यै रेफ्रीहरू नकिनेको’ कुरामा जोड दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण