नेपालको एकदिवसीय मान्यता जोगियो, चौथो स्थानमा उक्लियो
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय मान्यता जोगाएको छ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा यूएईलाई हराउँदै एकदिवसीय मान्यता जोगाएको हो ।
आइतबार भएको खेलमा नेपालले यूएईलाई १७७ रनले हराएको हो । त्रिवि क्रिकेट मैदानमा नेपालले जितका लागि दिएको २४९ रनको लक्ष्य पछ्याएको यूएईले २२ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ७१ रन बनायो । यो जितसँगै नेपालले सन् २०२७ सम्मका लागि एकदिवसीय मान्यता जोगाएको छ । नेपालले सन् २०१८ मा एकदिवसीय मान्यता पाएको थियो ।
यूएईका लागि आयान खानले सर्वाधिक २९ रन बनाए । त्यस्तै आश्वान्तभाल थापाले १७ रन बनाउँदा कार्तीके माइपानले ११ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि ललित नारायण राजवंसीले पाँच विकेट लिए । उनले ७ ओभर ५ बल बलिङ गर्दै २० रन खर्चेर दुई मेडन ओभर फाले ।
त्यस्तै सन्दीप लामिछानेले दुई विकेट लिँदा सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र गुलशन झाले एक–एक विकेट लिए । जितसँगै नेपाल लिग–२ को अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । नेपालले ३४ खेलमा ३६ अंक जोडेको छ । पराजित यूएईले ३४ खेलबाट ३१ अक जोडेको छ । अब नेपालले बाँकी दुई खेलमा जित निकाले सोझै विश्वकप छनोटमा स्थान बनाउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा अनिश्चितकालीन हड्तालमा उत्रिए पेट्रोल पम्प सञ्चालक
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण