आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

इंग्ल्याण्डलाई हराउँदै बंगलादेशलाई शृङ्खला

आइतबार, २८ फागुन २०७९, १९ : ५५
आइतबार, २८ फागुन २०७९

मिरपुर । दोस्रो टी–२० मा इंग्ल्याण्डलाई ४ विकेटले पराजित गर्दै बंगलादेशले शृङ्खलामाथि कब्जा जमाएको छ । इंग्ल्याण्डले प्रस्तुत गरेको १ सय १८ रनको लक्ष्य बंगलादेशले १८.५ ओभरमा ६ विकेटको क्षतिमा पछ्याएको हो । 

पहिले ब्याटिङ गरेको इंग्ल्याण्ड ६ ओभरमा १ विकेट गुमाएर ५० रनको मजबुत स्थितिमा थियो । तर, स्पिनरलाई मद्दत गर्ने पिचमा इंग्ल्याण्डले एकपछि अर्को विकेट गुमाउँदै १ सय १७ रनमा अलआउट हुनपुग्यो । इंग्ल्याण्डको पारी ध्वस्त बनाउन मेहदी हसनले १२ रन खर्चेर ४ विकेट लिए ।  इंग्ल्याण्डका लागि  बेन डकेटले सर्वाधिक २८ रन बनाए ।

जवाफी ब्याटिङमा उत्रेको बंगलादेशलाई जीत दिलाउन नमुल होसेन सान्तोले नटआउट रहँदै ४६ रन बनाए । इंग्ल्याण्डका लागि जोफ्रा आर्चरले १३ रन खर्चेर ३ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । जीतसँगै तीन खेलको शृङ्खलामा बंगलादेश २–० ले अघि रहेको छ । अन्तिम खेल मंगलबार मिरपुरको मैदानमा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप