इंग्ल्याण्डलाई हराउँदै बंगलादेशलाई शृङ्खला
मिरपुर । दोस्रो टी–२० मा इंग्ल्याण्डलाई ४ विकेटले पराजित गर्दै बंगलादेशले शृङ्खलामाथि कब्जा जमाएको छ । इंग्ल्याण्डले प्रस्तुत गरेको १ सय १८ रनको लक्ष्य बंगलादेशले १८.५ ओभरमा ६ विकेटको क्षतिमा पछ्याएको हो ।
पहिले ब्याटिङ गरेको इंग्ल्याण्ड ६ ओभरमा १ विकेट गुमाएर ५० रनको मजबुत स्थितिमा थियो । तर, स्पिनरलाई मद्दत गर्ने पिचमा इंग्ल्याण्डले एकपछि अर्को विकेट गुमाउँदै १ सय १७ रनमा अलआउट हुनपुग्यो । इंग्ल्याण्डको पारी ध्वस्त बनाउन मेहदी हसनले १२ रन खर्चेर ४ विकेट लिए । इंग्ल्याण्डका लागि बेन डकेटले सर्वाधिक २८ रन बनाए ।
जवाफी ब्याटिङमा उत्रेको बंगलादेशलाई जीत दिलाउन नमुल होसेन सान्तोले नटआउट रहँदै ४६ रन बनाए । इंग्ल्याण्डका लागि जोफ्रा आर्चरले १३ रन खर्चेर ३ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । जीतसँगै तीन खेलको शृङ्खलामा बंगलादेश २–० ले अघि रहेको छ । अन्तिम खेल मंगलबार मिरपुरको मैदानमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण