क्रोएसिया पठाइदिन्छु भन्दै लाखौँ ठगी
काठमाडौँ । वैदेशिक रोजगारीको लागि वर्किङ भिसामा क्रोएसिया पठाइदिन्छु भन्दै १५ लाख रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–८ का ४६ वर्षीय मेघलाल तामाङ रहेका छन् ।
तामाङले दोमी शेर्पा समेत ३ जनालाई वैदेशिक रोजगारीको लागि वर्किङ भिसामा क्रोएसिया पुगेपछि फर्निसिङ तथा माछा फार्ममा काम लगाइदिन्छु, त्यहाँ १ लाखभन्दा बढी तलब हुन्छ भन्दै प्रलोभन देखाएका थिए । उनले पीडितहरूबाट पटकपटक गरी १५ लाख रुपैयाँ रकम लिई सम्पर्कविहीन बनेका थिए ।
वैदेशिक रोजगार विभागले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार गरेको थियो । पत्राचारपछि कार्यालयबाट खटिएको टोलीले तामाङको खोजतलास गर्ने क्रममा सोमबार बिहान काठमाडौँको मिनभवनबाट पक्राउ गरेको थियो ।
तामाङलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण