शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

क्रोएसिया पठाइदिन्छु भन्दै लाखौँ ठगी

सोमबार, २९ फागुन २०७९, १५ : ४३
सोमबार, २९ फागुन २०७९

काठमाडौँ । वैदेशिक रोजगारीको लागि वर्किङ भिसामा क्रोएसिया पठाइदिन्छु भन्दै १५ लाख रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–८ का ४६ वर्षीय मेघलाल तामाङ रहेका छन् ।

तामाङले दोमी शेर्पा समेत ३ जनालाई वैदेशिक रोजगारीको लागि वर्किङ भिसामा क्रोएसिया पुगेपछि फर्निसिङ तथा माछा फार्ममा काम लगाइदिन्छु, त्यहाँ १ लाखभन्दा बढी तलब हुन्छ भन्दै प्रलोभन देखाएका थिए । उनले पीडितहरूबाट पटकपटक गरी १५ लाख रुपैयाँ रकम लिई सम्पर्कविहीन बनेका थिए । 

वैदेशिक रोजगार विभागले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार गरेको थियो । पत्राचारपछि कार्यालयबाट खटिएको टोलीले तामाङको खोजतलास गर्ने क्रममा सोमबार बिहान  काठमाडौँको मिनभवनबाट पक्राउ गरेको थियो । 

तामाङलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप