शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

राष्ट्रपति रामचन्द्रको पहिलो निर्णय–गैरआवासीय राजदूत नियुक्त

सोमबार, २९ फागुन २०७९, १७ : २२
सोमबार, २९ फागुन २०७९

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मोरोक्क अधिराज्यका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गरेका छन् । पौडेलले संविधानको धारा २८२ को उपधारा १ बमोजिम इजिप्टका लागि आवासीय राजदूत सुशीलकुमार लम्साललाई मोरोक्कोका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेका हुन् । 

‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम इजिप्टका लागि नेपालको आवासीय राजदूत सुशीलकुमार लम्साललाई मोरोक्को अधिराज्यका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ’, राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

आजै पौडेलले राष्ट्रपतिको पद तथा गोपनीयताको शपथ लिएका थिए । शीतलनिवास प्रवेशपछि पौडेलको यो पहिलो सार्वजनिक निर्णय हो । 

गैरआवासीय राजदूत नियुक्ति_2079_विज्ञप्ति

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप