‘शंकरलाल गोल्ड मेडल अवार्ड २०७९’ द्वारा सम्वत बस्नेत पुरस्कृत
काठमाडौँ । जगदम्बा स्टील्स लिमिटेडले सम्वत बस्नेतलाई उनको शैक्षिक उत्कृष्टताको लागि प्रतिष्ठित ‘शंकरलाल गोल्ड मेडल अवार्ड २०७९’ प्रदान गरेको छ। इन्जिनियरिङ अध्ययन संस्थानको ५७ औँ वार्षिक उत्सवको अवसरमा २०७९ फागुन २९ गते सोमबार थापाथली क्याम्पसमा आयोजित कार्यक्रममा बस्नेतलाई प्रदान गरिएको हो । उक्त पुरस्कारमा पदक, प्रमाणपत्र र नगद रु.५१ हजार समावेश छ ।
कार्यक्रममा उपस्थित प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ शाखाका डिन, विद्या वारिधी, प्रो.शशिधर राम जोशी, थापाथली क्याम्पसका कार्यकारी क्याम्पस प्रमुख डा. खेम ज्ञवाली र जगदम्बा स्टील्स लिमिटेडका रवि प्रकाशले बस्नेतलाई उक्त पुरस्कार प्रदान गरेका हुन् ।
यो अवार्डको नाम नेपालका प्रख्यात उद्यमी तथा जगदम्बा स्टील्स लिमिटेडका संस्थापक शंकरलाल अग्रवालको नाममा राखिएको हो । सन १९८० को दशकबाट उद्यमशीलताको यात्रा सुरु गरेका अग्रवाल नेपालको नामी उद्योगीको साथ साथै परोपकारी कार्यको लागि पनि उत्तिकै परिचित छन् ।
जगदम्बा स्टिल्स लिमिटेडले यस्ता कार्यक्रम र पुरस्कारहरूले विद्यार्थीलाई समाजमा अर्थपूर्ण योगदान गर्न प्रेरित गर्ने विश्वास लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण