शान्तिपूर्ण ढङ्गबाट स्ववियु निर्वाचन सम्पन्न गर्न कञ्चनपुरका राजनीतिक दलहरू प्रतिबद्ध
कञ्चनपुर । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरण सम्पन्न गर्न कञ्चनपुरका राजनीतिक दलहरू एकमत भएका छन् । प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले स्ववियु निर्वाचन जसरी स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने निर्णय गरेको हो ।
बैठकले जिल्लास्थित सबै राजनीतिक दलहरूले आ–आफ्नो भातृसंगठनको रूपमा रहेका विद्यार्थी सङ्गठनहरूलाई निर्वाचन प्रक्रियामा शान्तिपूर्ण, मर्यादित र स्वस्थ प्रतिस्पर्धात्मक रूपमा निर्वाचन प्रक्रियामा संलग्न हुने आवश्यक निर्देशन दिने निर्णय गरेको छ । त्यसका लागि सहज वातावरण सिर्जना गर्न सकारात्मक भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।
त्यस्तै विश्वविद्यालय तथा कलेज प्रशासनसँग आवश्यक समन्वय गरी स्थानीय प्रशासनले निर्वाचन सम्पन्न गर्न सुरक्षा प्रबन्ध गर्ने निर्णय गरेको छ । कतिपय कलेजहरूमा तालाबन्दी भइरहेको भन्दै तत्काल तालाबन्दी खोल्ने निर्णय समेत गरेको छ । त्यसका लागि उपयुक्त वातावरण मिलाई तालाबन्दी खुलाउने कार्य क्याम्पस प्रशासनले गर्ने र यसका लागि स्थानीय प्रशासनले समन्वय गर्ने निर्णय गरेको छ ।
कञ्चनपुरमा त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयमा स्ववियु निर्वाचन हुदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
-
स्थानीय निर्वाचन ‘गैर दलीय’ बनाउन सुझाव
-
सीमा विवादमा राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण