बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

स्ववियु चुनावमा मतदान गर्ने अधिकारबाट वञ्चित गराइएको भन्दै अदालतमा रिट दायर

मङ्गलबार, ३० फागुन २०७९, १४ : ०७
मङ्गलबार, ३० फागुन २०७९

सुर्खेत । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदान गर्ने अधिकारबाट वञ्चित गराइएको भन्दै मध्यपश्चिम विश्वविद्यालय लगायत पाँच वटा कार्यालयविरुद्ध उच्च अदालत सुर्खेतमा रिट दायर भएको छ । विश्वविद्यालय अन्तर्गतकै ‘स्कुल अफ म्यानेजमेन्ट’ (मोसुम)मा अध्ययनरत ३ जना विद्यार्थीले उच्च अदालत सुर्खेतमा रिट दायर गरेका हुन् ।

मंगलबार उनीहरूले मध्यपश्चिम विश्वविद्यालय, स्कुल अफ म्यानेजमेन्ट (मुसोम), स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समिति र केन्द्रीय विभागको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन अधिकृतको कार्यालय लगायत पाँच वटा कार्यालयलाई विपक्षी बनाइ रिट दायर गरेका छन् ।  

रिट दायर गर्नेमा मोसुममा अध्ययनरत विद्यार्थी भुवन बुढा, सुदिप महतारा र खेमु शाही रहेका छन् । मोसुममा करिब ४०० विद्यार्थीहरू अध्ययनरत छन् । मोसुममा अध्ययनरत विद्यार्थीको मतदान गर्न पाउने अधिकारलाई कुण्ठित गर्न खोजिएको उनीहरूको आरोप छ । उनीहरूले अन्तरिम आदेश सहितको उत्प्रेषणयुक्त परमादेश लगायत उपयुक्त आदेश जारी गरी पाउँ भनेर रिट निवेदन दायर गरेका हुन् । 

उच्च अदालत सुर्खेतका  सूचना अधिकारी सरोजनिधि वाग्लेले रिट दायर भएको बताए । ‘उनले भने,‘ अब भोलि एकल इजलासमा पेस हुन्छ ।’ मध्यपश्चिम विश्वविद्यालयमा चैत्र ३ गते स्ववियु निर्वाचन हुँदै छ ।

333322164_1228968038050247_129397017980224414_n333343795_6622344317793226_4064570143885249637_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप