विप्लवको पार्टीले बनायो कर्णाली मुक्ति मोर्चा

जुम्ला । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले कर्णाली मुक्ति मोर्चा गठन गरेको छ । जुम्लामा भेला आयोजना गरी कर्णबहादुर भण्डारीको नेतृत्वमा १९ सदस्यीय कमिटी गठन गरिएको हो ।
संयोजक भण्डारीले कर्णाली मुक्ति मोर्चा कर्णालीवासीको हकहित र संरक्षणका लागि गठन गरिएको बताए । सम्पूर्ण उत्पीडित कर्णालीवासी र कर्णाली क्षेत्रको उत्पीडनका विरुद्ध संघर्ष गर्ने उनको भनाइ छ ।
मोर्चाले कर्णाली क्षेत्रको राजनीतिक, आर्थिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको विकास, संरक्षण र संवर्द्धनका लागि उपयुक्त कदम चाल्ने, नेपाल वा नेपाल बाहिर जुनसुकै स्थानमा बसोबास गरेको भए पनि कर्णालीको विकास, र समृद्धि तथा कर्णालीका सांस्कृतिक संरक्षण र विकासका लागि लड्ने व्यक्ति, समुदाय र संस्थाहरुलाई संगठित र एकताबद्ध गरी संघर्ष गर्ने उद्देश्य लिएको उनले जानकारी दिए ।
कर्णाली मुक्ति मोर्चाले विगतमा सरकारको तर्फबाट भएका सुगौली सन्धि तथा सन् १९५० को सन्धि, विप्पा, सुपर्दगी लगायतका सम्पूर्ण असमान सन्धि, सम्झौताको विरोध गर्ने र सबै असमान सन्धि सम्झौता खारेजीको माग गर्ने जनाइएको छ ।
तत्कालीन जनसरकार प्रमुख तथा जनयुद्धका सहिद परानबहादुर धराला र नेता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड) सहितका नेताहरुले नेतृत्व गरिसकेको मोर्चा अभियान फेरि सुरु गरिएको नेपाल कम्युनिस्ट पार्टी जुम्लाका इन्चार्ज तथा केन्द्रीय सदस्य बिर्खबहादुर शाहीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यभार सम्हालेपछि महानगर प्रहरी प्रमुख पाण्डेले भने - पुरानो कुरा बिर्सिन चाहन्छु
-
मैले यो देश र नेतृत्व बुझ्नै सकिनँ : चन्द्र भण्डारी
-
विपिनको कप्तानीमा नेपाली यू–१६ क्रिकेट टोलीको घोषणा
-
खप्तड क्षेत्र विकास समितिमा कर्मचारी नियुक्तिलाई लिएर राजीनामा मागियाे : मन्त्री चौधरी
-
बजेटको बुँदा नम्बर २२७ ले ऊर्जा क्षेत्रलाई समाप्त पारिदियो : सांसद शर्मा
-
लर्ड्समा नेपाली क्रिकेट टोलीले निकालेको त्यो ऐतिहासिक जीत