बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बैंक ब्याज र मिटरब्याजी पीडितको गुनासो : एक छाक खान नपाउने अवस्थामा कसरी ब्याज तिर्नु ? (भिडियोसहित)

बुधबार, ०१ चैत २०७९

काठमाडौं । पछिल्ला दिनमा देशका प्रायजसो व्यवसायीहरूले बैंक तथा वित्तिय संस्थाले लिने चर्को व्याजदरविरुद्ध सडक सङ्घर्ष गरिरहेका छन् ।

देशको खस्कँदो आर्थिक अवस्थाकाबीच बैंक तथा वित्तिय संस्थाहरुले चर्को व्याज लिएर व्यवसायीहरूमाथि अन्याय गरेको उनिहरूको गुनासो छ । बैङ्कको चर्को व्याज असुल्ने प्रवृतिविरुद्ध लगातार आन्दोलन गरेपनि राष्ट्र बैंकले सुनुवाइ नगरेकाले व्यवसायीहरुले मंगलबार केन्द्रीय बैङ्क घेर्नुका साथै चर्को व्याज र मिटरव्याजीविरुद्ध पीडितहरुले काठमाडौको माइतीघरमा विरोध प्रदर्शन नै गरे ।

‘लघुवित्त संस्थाहरुले अचकाली रुपमा व्याज लिएर मानिसहरुले आत्महत्या गर्न बाध्य हुँदा पनि सरकारले केही गरेन’ नवपुर जिल्लाबाट काठमाडौमा आन्दोलन गर्न आएका यदुनाथ सिग्देलले भने,‘नागरिकका लागि भनेर सत्तामा जाने अनि सत्तामा पुगेपछि नागरिकलाई हरेक तरिकबाट शोषण गर्ने सरकार विरुद्ध हामी केन्द्रिय संघर्ष समिति बनाएर विरोधमा उत्रिएका हौ ।’उनले चर्को व्याज र मिटरव्याजीका कारण कतिपय मानिसको घरमा चुलो बाल्न नै समस्या भईरहेको भन्दै प्रश्न गरे, ‘मान्छेले एक छाक खान नपाउने अवस्थामा कसरी व्याज तिर्छ ? हामी हाम्रा माग पुरा नहुन्जेल सम्म विरोध प्रदर्शन जारी राख्छौ ।’

प्रदर्शनमा सहभागी रविन परियारले  पछिल्लो समय लघु वित्त संस्थाहरुले व्यवसायीहरुमाथि गरेको व्यवहारले आम व्यवसयीहरुलाई नै मर्का परेको बताए । ‘व्यवसायीहरुलाई सरकारको सर्पोट छैन । जसले गर्दा बेरोजगारी बढेको छ र युवाहरु विदेशीनुपरेको छ’, उनको भनाइ छ ।

बारका ताहिर खान पठानका अनुसार वैंक कर्मचारीहरुले किस्ता उठाएर लाने र आफै खाने तर ऋण आफुहरुमाथि थपिने बताए ।

‘बैंकमा उजुरी गर्दा कारबाही हुदैन । आम जनताहरुको रगत चुसेर खाने ठुला मानिसहरुको प्रवृति छ । जनताको रगत चुसेर नेताहरु महंगा घर, महंगा गाडी चढ्छन् र जनताकै घाँटी रेटिरहेका छन्’, पठानको गुनासो छ ।

पर्साकी ईन्द्रकुमारी मोक्तानको गुनासो पनि उस्तै छ । ‘सोझा जनतालाई फसाउन लागिएको छ । आफ्नो जग्गा समेत बैंक तथा वित्तिय संस्थाका नाममा पास गर्नुपर्ने बाध्यता छ’, उनको गुनासो छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया