जसपाले केन्द्रीय सदस्य संख्या घटाउने, संघीय परिषद् र राष्ट्रिय समिति खारेज !
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले केन्द्रीय समिति सदस्यको संख्या घटाउने भएको छ । पार्टीले तयार पारेको विधानको संशोधित मस्यौदामा १५१ सदस्यीय कार्य समितिको प्रस्ताव गरिएको छ । जवकि जसपाको हाल विधानमा ७०१ सदस्यीय कार्य समिति रहेको छ । विधान मस्यौदामा सो संख्या घटाएर घटाएर १५१ कायम गर्ने प्रस्ताव गरिएको हो ।
जसपाले चैत २६, २७ र २८ गतेका लागि विधान अधिवेशन बोलाएको छ । जसका लागि अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा गठन भएको विधान तयारी समितिले मस्यौदा अध्ययनका लागि मातहतका निकायलाई बुधबारनै पठाइसकेको छ । सो मस्यौदामा नेताहरुको उमेरसमेत निश्चित गरिएको छ । मस्यौदाअनुसार केन्द्रीय समितिमा ४० प्रतिशत युवा हुनुपर्ने प्रस्ताव गरिएको छ भने ७० वर्ष पुरा भएको व्यक्ति केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला समितिको पदाधिकारी वा सदस्यमा निर्वाचित हुन वा बस्न नपाउने व्यवस्था गरिएको छ ।
केन्द्रीय समितिको निर्वाचनमा कम्तीमा एक तिहाई महिलासहित नेपालको विविधता प्रतिविम्बित हुने गरी पार्टी सदस्य संख्याको अनुपातमा मधेसी, आदिवासी जनजाति, थारु, दलित, महिला, खस आर्य, मुस्लिम र अल्पसंख्यक समुदाय हुनुपर्ने भनिएको छ । यस्तै सामाजिक समूहहरुबाट ७० प्रतिशत र खुल्ला प्रतिस्पर्धाबाट ३० प्रतिशत केन्द्रीय सदस्यहरु निर्वाचित हुने मस्यौदामा उल्लेख छ ।
विधानबाट राष्ट्रिय समिति हटाइने प्रस्ताव गरिएको छ । पार्टीमा मधेस राष्ट्रिय समिति, लिम्बुवान राष्ट्रिय समिति, किराँत राष्ट्रिय समिति, शेर्पालुङ राष्ट्रिय समिति, खसान राष्ट्रिय समिति, तमुवान राष्ट्रिय समिति, ताम्सालिङ राष्ट्रिय समिति, थारुवान राष्ट्रिय समिति, नेवा राष्ट्रिय समिति, मगरात राष्ट्रिय समिति र शिल्पी दलित राष्ट्रिय समिति रहेका छन् । मस्यौदामा यसको व्यवस्था नै छैन ।
त्यस्तै संघीय परिषद्को व्यवस्था पनि हटाउने प्रस्ताव गरिएको छ । यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरमले डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसँग एकीकरण गरी समाजवादी पार्टी बनाएपछि संघीय परिषद्को संरचना बनाएर भट्टराईलाई त्यसको अध्यक्ष बनाइएको थियो । भट्टराई पार्टी छाडेर गएपछि अहिले संघीय परिषद्को अध्यक्षमा अशोक राइ छन् । विधानको मस्यौदा अनुसार अब संघीय परिषद्लाई पार्टीको संरचनाबाट हटाउने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलैयामा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, चालक पक्राउ
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण