शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

आरआरमा विवादको जड फर्जी विद्यार्थी

शुक्रबार, ०३ चैत २०७९, १३ : २७
शुक्रबार, ०३ चैत २०७९

काठमाडौँ । रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) मा विद्यार्थी भर्नाको विवाद देखिएको छ । जसले गर्दा स्ववियु निर्वाचन अन्यौल देखिएको छ ।  निर्वाचनको पूर्वसन्ध्यामा २०० जना फर्जी विद्यार्थी भर्ना गरिएको आरोप विद्यार्थी संगठनहरूले लगाएका छन्। नेविसंघ, अनेरास्ववियू, अखिल क्रान्तिकारीले त्यही विषयलाई मुख्य मुद्दा बनाएका छन्। क्याम्पस प्रशासनले २०० जना फर्जी विद्यार्थी भर्ना गरेको भन्दै संयुक्त विद्यार्थी संगठनको तर्फबाट तालाबन्दी गरेका छन्। 

अनेरास्ववियुले समेत फर्जी विद्यार्थीमाथि छानविन गर्न माग गरेको छ। फर्जी विद्यार्थीको विषयलाई अनेरास्ववियु र अन्य विद्यार्थी संगठनबीच विवाद देखिएको छ।  अन्य विद्यार्थी संगठनहरूले अनेरास्ववियुलाई सहज हुनेगरी फर्जी विद्यार्थी भर्ना गराएको आरोप लगाएको छ। अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले क्याम्पस प्रशासनले अनेरास्ववियुलाई जिताउन फर्जी विद्यार्थी भर्ना गराएको आरोप लगाए। 

फर्जी विद्यार्थीको भर्ना क्यान्सिल गरेर निर्वाचन अधिकृतले राजीनामा दिनुपर्ने बताए।  अनेरास्ववियुका उपाध्यक्ष नारायण घर्तीले आफुहरू महाधिवेशनतिर लागेको बेला अन्य संगठनहरूले फर्जी विद्यार्थी भर्ना गराएको बताए। 

‘हामी महाधिवेशनतिर व्यस्त थियौं । उनीहरू आफैले फर्जी विद्यार्थी भर्ना गराए। अहिले हामीमाथि नै आरोप लगाईरहेका छन्। जुन निराधार हो। यसमा छानविन गर्नुपर्ने हाम्रो माग हो।’ उनले भने।  विद्यार्थीको नाम मात्र उल्लेख गरेर त्यो बाहेक अन्य कुनै पनि विवरण नभएकाहरूको भर्ना गरेको पाइएको छ।  यहि विवादका कारण आरआरमा निर्वाचन प्रकृया नै अनिश्चित बनेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप