क्रिकेटर आसीफ र आरीफलाई वीरगन्ज उपमहानगर मोटरसाइकल दिने
शुक्रबार, ०३ चैत २०७९, २० : ००
जनकपुरधाम । वीरगन्ज उपमहानगरपालिकाका नेपाली राष्ट्रिय क्रिकेट टिमका दुई खेलाडीलाई मोटरसाइकल दिने घोषणा गरेको छ । आइसीसी क्रिकेट विश्वकप लिग–२ मा तेस्रो स्थानमा पुर्याउन योगदान दिने क्रिकेटर आसीफ शेष र आरीफ शेषलाई उपमहानगरपालिकाले मोटरसाइकल दिने मेयर राजेशमान सिंहले घोषणा गरेका हुन् ।
विश्व मानचित्रमा नेपालको नाम जाज्वल्य पार्ने खेलमा वीरगन्जका खेलाडीहरू ओपनिङ ब्याट्सम्यान आसिफ शेष र अलराउण्डर आरिफ शेषले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै मेयर सिंहले दुबैलाई पुरस्कार स्वरुप मोटरसाइकल प्रदान गर्ने बताए ।
उनले नेपाललाई ग्लोबल क्वालिफायरमा पुर्याई राष्ट्रको शिर उच्च बनाउने नेपाली क्रिकेट टोलीलाई पनि हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् । सहोदर दाजुभाइ रहेका क्रिकेटर दुबैजना वीरगन्ज १२ निवासी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा ल्याब खोल्न नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिकबिच सम्झौता
-
सत्ता गठबन्धन दायाँबायाँ गर्ने पक्षमा छैनौँ : झलनाथ खनाल
-
३ महिनाकै उच्चस्तरमा उक्लियो मकैको भाउ
-
शाहरुख खानको पहिलो पारिश्रमिक ५० रुपैयाँ, सलमान खानको ७५ रुपैयाँ, अरू कसको कति ?
-
राजश्व अनुसन्धानको महानिर्देशकमा बुढा, ढुंगानाको सरुवा
-
मुम्बईको टस फेरि विवादमा