प्युजो र सिट्रोन गाडी किन्नेलाई एभरेस्ट बैंकले कर्जा दिने
काठमाडौँ । प्युजो र सिट्रोन आधिकारिक विक्रेता साङ्ग्रिला मोटोर्स प्राइभेट लिमिटेडले विक्री गर्दै आएको गाडीहरूमा एभरेस्ट बैंकले कर्जा दिने भएको छ । बैंक र साङ्ग्रिला मोटोर्सबीच भएको सम्झौता अनुसार अब प्युजो र सिट्रोनका गाडीहरूमा खरिद गर्ने ग्राहकहरूले एभरेस्ट बैंकबाट सहजै कर्जा लिन सक्नेछन् ।
दुई संस्था बीच भएको सम्झौता पत्रमा बैंकको तर्फबाट उपमहाप्रबन्धक गौरव कुमार र साङ्ग्रिला मोटोर्स प्रा.लि.को तर्फबाट सहायक महाप्रबन्धक किरण श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौतापछि प्युजो र सिट्रोनले उत्पादन गरेका गाडीहरूमा खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारी साधन कर्जा उपलब्ध गराउने जारी विज्ञप्तिमा उल्लेख छ ।
सम्झौताको अनुसार, योजना सबै एभरेस्ट बैंकका सबै शाखाहरूबाट ग्राहकहरूलाई गाडीको लागि सुलभ ऋण सुविधाहरू सजिलो उपलब्ध हुनेछ। अहिले एभरेस्ट बैंकको देशभर रहेका १२४ शाखाबाट नै कर्जा सुविधा ग्राहकले लिन सक्नेछन् । ऋणलाई नेपाल राष्ट्र बैंकको सम्बन्धित निर्देशिका र निर्देशनहरूसँग समायोजन गरिएको छ । यो योजना साङ्ग्रिला मोटोर्स प्राइभेट लिमिटेडको आधिकारिक बिक्रेता र एभरेस्ट बैंकका सबै शाखाहरूबाट नेपाल भरी लागु हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण