स्ववियु निर्वाचनमा सहयोग गर्न त्रिविको अपिल

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आइतबार हुने स्ववियू निर्वाचनमा सहयोग गर्न अपिल गरेको छ । शनिबार त्रिविका स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले विज्ञप्ति जारी गर्दै सो अपिल गरेका हुन् ।
अधिकारीले विगत १४ वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचनमा सफलतापूर्वक सम्पन्न गर्नका लागि सहयोग गर्न सबैसँग आग्र गरेका छन् । अधिकारीले सरकार, प्रदेश सरकार, स्थानीय सरकार, सुरक्षाकर्मी, पत्रकार, नागरिक समाज सबैलाई निर्वाचन सम्पन्न नहुन्जेलसम्म आवश्यक सहयोग गर्न अपिल गरेका छन् ।
अहिलेसम्म दुई आङ्गिक र केही सम्बन्धन प्राप्त क्याम्पसमा भएको स्ववियु निर्वाचनमा निर्विरोध निर्वाचित भइसकेको उनले बताएका छन्। स्ववियु निर्वाचन ६० आङ्गिक र एक हजार ४० सम्बन्धन क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ । त्रिविले प्रत्येक दुई÷दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालयता नियमित हुन सकेको थिएन । स्ववियु निर्वाचनको मतदान बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्मका लागि तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई हप्ताभित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको समस्या समाधान हुन्छ : प्रधानमन्त्री
-
चितवन–२ मा उपनिर्वाचन लड्न एमालेले अझै भेटेन उम्मेदवार !
-
मन्त्री छान्न कांग्रेसले दियो देउवालाई जिम्मा
-
बन्दीपुर केबलकारको आइपीओ निष्कासन हुँदै
-
फिलिपिन्सको पानी जहाजमा आगो लाग्दा १२ जनाको मृत्यु
-
देश अस्थिरतातर्फ गइरहेको छ: राजेन्द्र लिङ्देन