स्ववियु निर्वाचनमा सहयोग गर्न त्रिविको अपिल
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आइतबार हुने स्ववियू निर्वाचनमा सहयोग गर्न अपिल गरेको छ । शनिबार त्रिविका स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले विज्ञप्ति जारी गर्दै सो अपिल गरेका हुन् ।
अधिकारीले विगत १४ वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचनमा सफलतापूर्वक सम्पन्न गर्नका लागि सहयोग गर्न सबैसँग आग्र गरेका छन् । अधिकारीले सरकार, प्रदेश सरकार, स्थानीय सरकार, सुरक्षाकर्मी, पत्रकार, नागरिक समाज सबैलाई निर्वाचन सम्पन्न नहुन्जेलसम्म आवश्यक सहयोग गर्न अपिल गरेका छन् ।
अहिलेसम्म दुई आङ्गिक र केही सम्बन्धन प्राप्त क्याम्पसमा भएको स्ववियु निर्वाचनमा निर्विरोध निर्वाचित भइसकेको उनले बताएका छन्। स्ववियु निर्वाचन ६० आङ्गिक र एक हजार ४० सम्बन्धन क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ । त्रिविले प्रत्येक दुई÷दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालयता नियमित हुन सकेको थिएन । स्ववियु निर्वाचनको मतदान बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्मका लागि तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण